Subscribe Us

यात्रु वाहक बसमा पाँच हजार लिटर पेट्रोलियम पदार्थ, कालोबजारी नियन्त्रण गर्छुः एसएसपी थापा

काठमाडौं । लुकाई छिपाई राजधानी भि¥याउँदै गरेको पाँचहजार लिटर पेट्रोलियम पदार्थ प्रहरीले बरामद गरेको छ । महानगरीय प्रहरी परिसर काठमाडौंले उक्त परिमाणको पेट्रोलियम पदार्थसहित यात्रुबाहक बसलाई बुधवार तिनकुनेबाट नियन्त्रणमा लिएको हो ।

 झापाबाट काठमाडौं चल्ने ना ३ ख ३४८१ नम्बरको बसमा यात्रु नराखी गाडीका मालिक तथा चालकले गाडीको सिट तथा छतमा उक्त परिमाणको पेट्रोलियम पदार्थ राजधानी भि¥याउन खोज्दा गाडीसहित चालक र तिन जना बरामद पेट्रोलियम पदार्थका मालिकलाई पक्राउ गरीएको परिसरका एसएसपी बिक्रमसिंह थापाले बताए । पेट्रोलियम पदार्थसहित पक्राउ परेका व्यक्तिलाई कालोबजारी ऐन अन्र्तगत मुद्दा चलाईने एसएसपी थापाले बताए । गाडीका चालकले प्रतिलिटर २० रुपैंयाको दरले उक्त पेट्रोलियम पदाथ झापाबाट बोकेर काठमाडौं आएको बयान प्रहरी समक्ष दिएका छन् । 


पाँचहजार लिटरको २० रुपैंयाको दरले काठमाडौं ल्याई पुर्याउदा एक लाख आम्दानी हुने गाडीका चालकले प्रहरीलाई बयान दिएका छन् । उक्त पेट्रोलियम पदार्थ राजधानी छिर्ने नाकढुंगा चेकपोष्टमा खटिएका प्रहरीलाई १५ सय दिएर राजधानी भि¥याईएको परिसरमा भेटिएका गाडीका चालकले कमाण्डर पोष्टसंग बताए । भारतको अघोशित नाकाबन्दीका कारण राजधानी लगाएत देशका बिभिन्न भागमा पेट्रोलियम पदार्थको व्यापक रुपमा कालोबजारी बढेको छ । 

राजधानीमा यसरी लुकाई छिपाइ ल्याईएको पेट्रोलियम पदार्थ चारसय देखी ६ सय सम्ममा बिक्री बितरण हुँदै आएको एसएसपी थापाले बताएका छन् । उनले भने, व्यक्तिगत प्रयोजनकोे लागी २० लिटरसम्म ल्याउने अलक कुरा हो, तर कालोबजारी गर्न नियतले कसैले यस्तो धन्दा गर्छ भने उ कानूनको दायरामा आउँछ । पेट्रोलियम पदार्थमा राम्रो फाईदा हुन थालेपछी अधिकांस व्यापारीले कालोबजारी थालेको प्रहरीको बुजाई छ । 


राजधानीमा यसको बिकृती बढ्न थालेपछी महानगरीय प्रहरी परिसर र अपराध महाशाखाले बिषेश टोली परिचालन गरी नियन्त्रणको प्रयास गरेको प्रहरीको भनाई छ । नियन्त्रणको क्रममा परिसरको टोलीले बुधवार बिहानपनी राजधानीको सिनामंगलबाट पाँचसय लिटर बरामद् गरेको थियो । परिसरका एसएसपी थापाले पेट्रोलियम पदार्थको कालोबजारीलाई पूर्ण रुपमा नियन्त्रण गर्ने प्रहरी लागी परेको बताए ।  

Post a Comment

0 Comments