Subscribe Us

गोली खाएका ठाकुर भारतमा पनि मस्ट वान्टेड

काठमाडौं। महानगरीय  प्रहरी अपराध महाशाखाको टोलीले  गोली प्रहार गरी नियन्त्रणमा लिएका  रौतहट निवासी भगौडा जवान छोटेलाल ठाकुर भारतमा पनि मस्ट वान्टेड सुचीमा रहेको खुलेको छ ।
ठाकुरले  प्रहरी कार्यालय रौतहटमा हुँदा २०६७ सालमा  एसएलआर हतियार चोरेर तत्कालीन भूमिगत संगठन तराई जनतान्त्रिकका अग्नि भन्ने सुनिल जैसवाललाई एक लाख २६ हजार बचेका थिए। बारा, पर्सा, रौतहटका विभिन्न ठाउँमा अग्निको नाम तथा पार्टीको नामले चन्दा आतंक मच्चाउने  जैसवाल र ठाकुर फिरौतीका घटनामा मिलेर काम गर्दै आएको समेत खुलेको छ  ।
दुई बर्ष अघी अञ्चल प्रहरी कार्यालय नारायणीमा एसएसपी सर्वेन्द्र खनाल प्रमुख छँदा खनालको सुचनाको आधारमा  भारत विहार पूर्वी चम्पारण आदापुरस्थित ससुराली घरमा सुतिरहेको अवस्थामालाई नियन्त्रणमा लिई भारतीय प्रहरीले  जिम्मा लगाएको थियो  । अहिले जैसवाल र ठाकुरबीचको सम्बन्धबारे अनुसन्धान भइरहेको महाशाखा प्रमुख खनालले बताए ।  जैसवालको सम्बन्ध भारतीय अन्डरवल्ड डन बब्लु दुबेसम्म रहेको छ  ।
आईतवार बिहान सुन्धाराको एक गेस्ट हाउसमा रहेको ठाकुरको  समुहले प्रहरीसँग प्रतिकार गर्न खोज्दा अपराध महाशाखाको टोलीले   गोली प्रहार गरी नियन्त्रणमा लिएको थियो ।  खुट्टामा गोली लागेका ठाकुरको वीर अस्पतालमा उपचार भइरहेको छ  । उनीहरुबाट गोली लोड भएको चिनिया पेस्तोल र कटुवा बन्दुक बरामद भएको छ।  राजाधानीका डन कुमार श्रेष्ठ घैटे इन्काउन्टर पछि हतियार देखाएर आतंक मच्चाउने समुहबिरुद्द महाशाखा फेरी कडा रुपमा प्रस्तुत हुन लागेको यो घटनाले जनाएको छ ।

Post a Comment

0 Comments