Subscribe Us

पूर्व–अर्थमन्त्री पाण्डे र ल्हारक्याल लामालले यार्सागुम्बाको कारोबारमा १५ करोड ठगी गरेको खुलासा


काठमाडौं। करिब दुई वर्ष देशको अर्थमन्त्री भएर काम गरिसकेको व्यक्ति यार्सागुम्बाको कारोबारमा संलग्न रहेको भन्ने शब्द झट्ट सुन्दा अपत्यारिलो लाग्नसक्छ । तर पूर्व–अर्थमन्त्री एवं एमाले नेता सुरेन्द्र पाण्डेले यार्सागुम्बाको कारोबार गर्ने भन्दै एकीकृत माओवादीका केही कार्यकर्तासँग २० करोडको सम्झौता गरेर १५ लाख रुपैयाँको ‘बाउन्स’ चेक दिलाएको सम्बन्धमा लिखित तथा अडियो प्रमाणले पूर्व–अर्थमन्त्री पाण्डेको उक्त धन्दाको पुष्टि हुने प्रशस्त आधार भेटिएको छ ।

cheque स्रोतका अनुसार पूर्व–अर्थमन्त्री पाण्डेले आफ्ना व्यावसायिक साझेदार पूर्व–अर्थराज्यमन्त्री एवं सभासद् ल्हारक्याल लामालाई साक्षी राखेर करिब तीन वर्षअगाडि एमाओवादीको भ्रातृ संगठन वाईसीएलको मगरात राज्य समिति इञ्चार्ज समेत रहेका ‘मार्सल’ उपनामले चिनिने रुकुमका जितमान पुनको समूहसँग यार्सागुम्बा कारोबारको लागि २० करोडको सम्झौता गरेका थिए ।

 उक्त सम्झौतामा पुनको समूहले रुकुमको माथिल्लो भेग, जुम्ला, डोल्पा, हुम्ला, मुगु बझाङ र दार्चुलाबाट करिब एक क्विन्टल यार्सागुम्बा संकलन गरेर पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डेलाई उपलब्ध गराउने र उक्त यार्सागुम्बा चीनतर्फ पठाउने जिम्मा पूर्व–अर्थराज्यमन्त्री ल्हारक्याल लामाले गर्ने उल्लेख गर्दै पाण्डे र लामाको संयुक्त लगानीमा गर्ने र सुरुमा एक किलो नमूनाका रुपमा उपलब्ध गराउने तथा सम्पूर्ण सम्झौताको २० करोड रुपैयाँमध्ये पेस्कीस्वरुप दिनुपर्ने १५ लाख रुपैयाँ भुक्तानीको लागि सभासद् लामा अध्यक्ष रहेको सिद्धार्थ फाउन्डेसनको नाममा नेपाल इन्भेष्टमेन्ट बैंक प्रधान कार्यालयमा रहेको खाता नम्बर ००१०५०१०१५८५८८ को चेक थमाइदिएका थिए । स्रोतका अनुसार उक्त सम्झौताको कागज समेत पाण्डेले नै लेखेर आफैँले राखेको समेत खुल्न आएको छ ।

२० करोडको यार्सागुम्बाको कारोबारमा आफूहरुलार्ई पनि केही करोड फाइदा हुने र पूर्व–अर्थमन्त्री र अर्थराज्यमन्त्रीजस्तो व्यक्तिले दिएको चेक ‘बाउन्स’ हुनु कल्पनाबाहिरको कुरा ठान्दै पुनको समूहले सम्झौतामा पाएको चेक साट्न खासै आवश्यक ठानेन र सम्झौता उल्लेख भएअनुसारको एक नम्बर ग्रेडको एक किलो यार्सागुम्बा पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डेको घरमा पु-याइदिए । 

पाण्डेलार्ई नमूनाबापत एक किलो यार्सागुम्बा उपलब्ध गराएर पुनको समूह सम्झौताअनुसारको यार्सागुम्बा संकलन गर्न हेलिकोप्टर बुक गरेर हिमाली जिल्लातर्फ लाग्यो । उक्त समयमा हिमाली जिल्लामा व्यापक रुपमा यार्सागुम्बा संकलन भइरहेको थियो । सम्झौतामा उल्लेख भएको करिब एक क्विन्टल यार्सागुम्बा संकलन गर्नसमेत चुनौतीपूर्ण भएको कारणले पुनको समूहले हरेक हिमाली जिल्लामा आवतजावत गर्नको लागि हेलिकप्टरको प्रयोग ग¥यो ।

केही दिनको अन्तरालमा सम्झौताअनुसारको करिब एक क्विन्टल यार्सागुम्बा संकलन गर्न सफल भएपछि यार्सागुम्बा उपलब्ध गराउने पक्षको नेतृत्व गरेका जितमान पुनले हिमाली जिल्लाबाटै पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डेलार्ई फोनमार्फत आफूहरुले सम्झौताअनुसारको यार्सागुम्बा संकलन गरेको जानकारी गराउन पटक–पटक फोन गर्दा पाण्डेले फोन ‘रिसिभ’ नगरेर सम्पर्कविहीन भएको र उक्त सम्झौताका हिस्सेदार पूर्व–अर्थराज्यमन्त्री एवं हालका सभासद् ल्हारक्याल लामा पनि सम्पर्कमा नआएर आफूहरुलार्ई पीडित बनाएको पुन समूहका कुलमान पुनले बताएको आर्थिक दैनिकमा खबर छ  ।

पुनका अनुसार त्यसबेला पाण्डे समेत सम्पर्कविहीन भएपछि सम्झौता गर्दा भुक्तानीबापत दिएको चेक साट्न बैंकमा जाँदा ‘ब्यालेन्स’ नभएको भन्दै फर्काइदिएको थियो भने यार्सागुम्बा संकलन गर्दा हेलिकप्टर ‘चार्टर’ गर्दा खर्च भएको करिब सवा एक करोड रुपैयाँ समेत पुनको समूहले ऋण गरेर भुक्तानी गरेको थियो । 

 यसैबीच,  उक्त कारोबारको विषयमा विवाद बढ्दै गइरहेका बेला पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डे र पूर्व–अर्थराज्यमन्त्री ल्हारक्याल लामाबीचको टेलिफोन सम्वादको अडियो रेकर्डमा ‘लामाले उक्त कारोबारमा प्रयोग गरिएको चेक आफ्नो संस्थाको भएको कारणले आफू तल परेको स्वीकार्दै उक्त कारोबारले आफूलार्ई अनावश्यक तनाव भएको बताएका छन् । उक्त सम्वादअनुसार पुन समूहका कुनै पनि सदस्यहरुलार्ई ल्हारक्यालले चिन्दैनन् । उक्त समूहका जितमान पुनको ल्हारक्यालसँग परिचय गराउने काम पनि पूर्व–अर्थमन्त्री पाण्डेले नै गरेको स्पष्ट हुन्छ ।
संवादको बीचमा ल्हारक्यालको ‘कमरेड मैले त कसैलार्ई चिन्दिनँ, तपाईंले चेक दिनुस् भन्नुभयो, मैले चेक दिएँ, मेरो उनीहरुसँग तपाईंमार्फत नै चिनजान भएको हो, म के गरौँ ? १५ लाख रुपैयाँ दिऊँ त मैले ?’ भन्ने प्रश्नको जवाफमा पाण्डेले ‘माओवादी लुटेराहरुको टिम हो’ भन्न नभ्याउँदै ‘त्यसो हो भने लुटेराहरुसँग मलार्ई किन भिडाएको नि कमरेड ?’ भन्दै ल्हारक्यालले प्रतिप्रश्न गरेका छन् । 

त्यसो त पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डे बहुचर्चित युनिटीकाण्डमा समेत मुछिएका व्यक्ति हुन् । युनिटीको नेटवर्किङ धन्दा उत्कर्षमा पुगेका बखत चार करोड रुपैयाँ र एउटा रेञ्जरोभर गाडी नदिएमा युनिटीको धन्दा नै सिध्याइदिन्छु भन्दै ‘बार्गेनिङ्ग’ गरेको आरोप समेत लागेको थियो । उक्त विषयमा टेलिफोनमार्फत प्रतिक्रिया लिँदा पाण्डेले उक्त धन्दामा आफ्नो संलग्नता नभएको बताए ।

उनले रुकुमका एक जना ओली–थरका एमाले कार्यकर्तामार्फत जितमान पुनलार्ई चिनेको र पुनलार्ई ल्हारक्यालसँग चिनजान गराइदिएको दाबी गर्दै आफ्नो संलग्नतालाई ढाकछोप गर्ने प्रयास गरे । सोही विषयमा प्रतिक्रिया लिँदा पूर्व–अर्थराज्यमन्त्री ल्हारक्याल लामाले आफूले पुनलार्ई उक्त दिनभन्दा अगाडि नचिनेको बताउँदै पूर्व–अर्थमन्त्री सुरेन्द्र पाण्डेको लागि दिएको १५ लाखको चेकमा विवाद भएको स्वीकार्दै उक्त चेकबापतको पैसा दिएर आफूले चेक फिर्ता लिइसकेको दाबी गरे । उनले आफूले अहिलेसम्म यार्सागुम्बा कस्तो हुन्छ भनेर समेत नदेखेको दाबी गर्दै उक्त काण्डमा सुरेन्द्र पाण्डेको कारणले आफू फसेको बताए ।

Post a Comment

0 Comments