Subscribe Us

आपराधिक समुहमाथी आक्रमक बन्दै अपराध महाशाखा ,
अपराध गरेर राजधानीमा सुरक्षीत हुन्छु भनेर नचिताए हुन्छः एसएसपी खनाल

महानगरीय अपराध महाशाखा प्रमुख तथा प्रहरी बरिष्ठ उपरिक्षक ( एसएसपी) सर्बेन्द्र खनालले काठमाडौं उपत्यककामा अपराध गर्छु वा अन्य क्षेत्रमा अपराधमा संगल्न भई राजधानीमा सुरक्षीत हुन्छु भनेर नसोच्दा हन्छ भन्दै आपराधिक समुहलाई सुधिर्न चेतावनी दिएका छन् । 
खनालले कुनै पनि राजनीतिक आड होस वा भूमिगत संगठनको आड भरोसामा कुनै पनि व्यक्ति अपराधमा संगल्न हुन नहुने बताए । 
यदि कसैले कानून उलघंन गर्छ भने त्यो सजाँईको भागीदार हुन्छ । हतियारको आडमा गुण्डागर्दी गर्ने, अपहरण गर्ने, फिरौती असुल्ने, धम्क्याउने जस्ता क्रियाकलापमा संगल्नमाथी महाशाखा कडा रुपमा पस्तुत हुन्छ । 
 मोष्ट वान्टेडसँग प्रहरी कै हतियार परिचय पत्र 
काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा टेकुले मोष्ट वान्टेड सुचीमा रहेका नेपाल प्रहरीका भगौडा जवान छोटेलाल ठाकुर र उनका सहयोगी राजकुमार पटेललाई हतियार सहित पक्राउ गर्न सफल भएको छ । महाशाखाबाट खटिएको डीएसपी किरण थापाको टोलीले उनिहरुलाई राजधानीको खिचापोखरीस्थित लुम्बिनी पाहुना घर नामक गेष्ट हाउसकोे कोठा नम्बर २०२ बाट आईतवार बिहान दुई वटा हतियार सहित पक्राउ गरेको हो ।  
गेष्ट हाउसका कोठाबाट उनिहरुलाई नियन्त्रमा लिन खोज्दा महाशाखाको टोली माथी नै ठाकुरले पेस्तोेल ताक्न खोजेपछि प्रहरीको जवाफी कारवाहीमा ठाकुरको खुट्टामा दुई गोली लागेको अप्रेशनमा खटिएका प्रहरी नायब निरक्षक दिपेन्द्र चन्दले बताए ।  

गोली लागी घाईते भएका ठाकुरलाई तत्काल उपचारको लागी प्रहरीले बीर अस्पताल पुर्याएको र उनकोे उपचार जारी रहेको चन्द्रले बताए । उनिहरु उक्त होटलमा दुई दिन देखी बस्दै आएका थिए । गोली प्रहार गरी नियन्त्रणमा लिएका  रौतहट निवासी भगौडा जवान ठाकुर भारतमा पनि मष्ट वान्टेड सुचीमा रहेको प्रहरी अनुसन्धानबाट खुलासा भएको छ । भारतको मोतिहारी जिल्लाबाट ५ किलोमिटर दक्षिण भेगमा ठाकुरमाथी हत्या मुद्दा भएको प्रहरीको दाबी छ । 
 प्रहरीले उनको साथबाट चाईनिज पेस्तोल एक थान, सो पेस्तोलको म्गागजिन र चेम्बरमा मा लोड भएको ७ राउण्ड गोली र कटुवा पेस्तोल एक थान बरामत गरेको जनाएको छ । २०६७ मा जिल्ला प्रहरी कार्यालय रौतहटमा कार्यरत छदा ठाकूरले एसएलआर हतियार चोरेर तत्कालीन भूमिगत संगठन तराई जनतान्त्रिकका अग्नि भन्ने सुनिल जैसवाललाई एक लाख २६ हजार बचेको दुई बर्ष अगाडी जैसवालको पक्राउ पछि खुलासा भएको थियो  ।  

 बारा, पर्सा, रौतहटका विभिन्न ठाउँमा अग्निको नाम तथा पार्टीको नामले चन्दा आतंक मच्चाउने  जैसवाल र ठाकुर फिरौतीका घटनामा समेत संगलग्न हुँदै आएको प्रहरीको दाबी छ । दुई बर्ष अघी भारत विहार पूर्वी चम्पारण आदापुरस्थित ससुराली घरमा सुतिरहेको अवस्थामा जैसवाललाई भारतीय प्रहरीले पक्राउपछि नेपालकोे जिम्मा लगाएको थियो ।  

जैसवालको पक्राउ पश्चात नै ठाकूरको खोजीमा प्रहरी सक्रिय हुदै आएको महाशाखाका एसएसपी सर्बेन्द्र खनालले बताएका छन् । ठाकूर काठमाडौं पसेको बिषेश सुचना महाशाखाले पाएपछि उनको पछाडी महाशाखाको टोली लागेको थियो । जैसवालको सम्बन्ध भारतीय अन्डरवल्ड डन बब्लु दुबेसम्म भएको कारण ठाकूरको पनि सम्बन्ध दबेसंग हुन सक्ने आशंका प्रहरीले गरेको छ ।
 ठाकुरको साथबाट बरामद भएको २ वटा पेस्तोल मध्ये चाईनीज पेस्तोल प्रहरीकै भएको खुलासा भएको छ । उक्त चाईनीज पेस्तोल २०४५ सालमा प्रहरी प्रधान कार्यालयमा २९०२९८२० दर्ता रेकड छ ।  स्रोतका अनुसार उक्त पेस्तोल माओबादीले थानकोट आक्रमणबाट लुटी लगेको हुन सक्छ ।  



Post a Comment

0 Comments