Subscribe Us

पाट्नरलाई पागल बनाएर बजगाईको हालीमुहाली

काठमाडौं । हप्ता असुली, फिरौती, जवर्जस्ती अर्काको सम्पत्ति कब्जा जस्ता गैरकानुनी धन्दामा सक्रियलाई प्रहरीको भाषामा गुण्डागर्दी भनिन्छ । त्यस्ता धन्दामा सक्रिय व्यक्ति गुण्डाका नामले चिनिन्छन् । तर, कानुनी रुपमा बैद्य कम्पनी सञ्चालन गरेर अबैध कारोबार गर्ने र साझेदारकै सम्पत्ति कब्जा गरी राईंदाईं गर्नेलाई के भन्ने त ? यस्तै प्रश्न खडा भएको छ डिडि ओभरसिज प्रालीका सञ्चालक देबेन्द्रप्रशाद बजगाईसामु । सिनामंगलमा मेनपावर सञ्चालन गर्दै आएका बजगाईले आफ्नै साझेदारलाई विभिन्न यातना दिएर ओभरसिजमा एकलौटी राज गर्दै आएका छन् ।
 
 २०६४ सालबाट शेयर दाखीलासमेत भई सञ्चालक रहेका कुमार पराजुलीलाई बजगाईले गुण्डागर्दी गरेर निश्कासन मात्र गरेनन्, शेयरसमेत कब्जा गरे । बजगाईले शेयर कब्जा गरेपछि न्यायको लागि बैदेशिक रोजगार बिभाग तिनकुने पुगेका पराजुलीलाई बिभागले कुनै न्याय दिलाउन सकेको छैन ।

  कम्पनीमा आन्तरिक लेखा परिक्षण समेत नभएको र कम्पनी सञ्चालन गर्न पटक–पटक गरेर ठूलो रकम आफूले लगानी गरेको पराजुलीले दाबी गरेका छन् । २०६७ चैतबाट कम्पनीमा कार्यरत बजगाईले बिना कारण आफूलाई निष्काशन गरेको आरोप सहित बिभागमा उजुरी दिएका थिए ।

  बिभागले छानबिनको नाटक गर्दै केही दिनको लागि ओभरसिजको कामकारवाही रोक्का राख्ने निर्णय २०७० असोज १ मा गरेको थियो । तर, मोटो रकमको चलखेलपछि बजगाईलाई कम्पनी सञ्चालन गर्न दिइएको बिभाग स्रोत बताउँछ । बिभागले सम्पत्ति सुद्धिकरण बिभागलाई बजगाईको सम्पत्तिको बारेमा छानबिन गर्न पत्राचार गरेपनि सुद्धिकरणले उल्टै निबदेकलाई तारेखमा राखेर बजगाईमाथि कुनै छानबिन नगरेको स्रोेत बताउँछ  ।

 बजगाईले मेनपावरको नाममा मानबतस्करीसमेत गर्दै आएका छन् । पा“च बर्ष अगाडि सामान्य जीवनयापन गर्ने बजगाईको दैनिक जीवनमा एकाएक आश्र्चयजनक परिवर्तन आएपछि बिभागले नै सम्पत्ति सुद्धिकरणलाइ छानबिनको लागि पत्राचार गरेको थियो । बैदेशिक रोजगार बिभागले २२ असोज २०७० मा सम्पत्ति सुद्धिकरण बभागलाइ पत्राचार गरेको हो । तर, अहिलेसम्म बजगाईमाथि कुनै छानविन भएको छैन । यूनाइटेड पोस्टबाट

Post a Comment

0 Comments