Subscribe Us

नेपाल प्रहरीका ८ एआईजीको सरुवा, आयुक्तमा थापा भण्डारी सुरक्षापरिषद्मा

काठमाडौं। मन्त्रिपरिषदको बैठकले नेपाल प्रहरीका  ८  जना प्रहरी अतिरिक्त महानिरीक्षकहरु (   एआइजी) को सरूवा गरेको छ। मंगलबार साँझ बसेको बैठकले एआईजीहरुको सरूवाको निर्णय गरेको हो ।

 बैठकले राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रमुख एआईजी राजेन्द्रसिंह भण्डारीलाई प्रहरी महानिरीक्षकको कार्यालयमा दरबन्दी रहनेगरी विशेष पद सिर्जना गरी राष्ट्रिय सुरक्षा परिषद्को कार्यालयमा राख्ने निर्णय गरेको छ ।

त्यस्तै, अपराध अनुसन्धान विभागका एआईजी सुरेन्द्रबहादुर साहको  राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगन्ज, महानगरीय आयुक्तको कार्यालय रानीपोखरीका  विज्ञान राज शर्माको अपराध अनुसन्धान विभाग, प्रतापसिंह थापाको महानगरीय आयुक्तको कार्यालय रानीपोखरी, वीरेन्द्रबाबु श्रेष्ठको प्रहरी मानव स्रोत विकास विभाग,रमेशशेखर बज्राचार्यको प्रहरी प्रधान कार्यालय प्रशासन विभाग, केदारप्रसाद साउदको प्रहरी प्रधान कार्यालय कार्य विभाग र  गणेश राईको प्रहरी महानिरीक्षकको कार्यालयमा सरुवा भएको छ ।

आन्दोलनका कारण  देशको  सुरक्षा अवस्था  जटिल बन्दै गइरहेको बेला संगठनकै  बदनाम हुने गरी मिडियाबाजीमा उत्रिएका एआइजी  भण्डारीलाई कारवाही स्वरुप सुरक्षा परिषद्को कार्यालयमा पठाइएको चर्चा छ भने एमाओवादी नेता नारायणकजी श्रेष्ठको दबाबमा एआईजी वीरेन्द्रबाबु श्रेष्ठको प्रहरी मानव स्रोत विकास विभागमा सरुवा गरिएको छ ।

Post a Comment

0 Comments