Subscribe Us

भूकम्प पीडित सशस्त्र प्रहरीको नाममा ३४ करोड घोटला ?

काठमाडौं । सशस्त्र प्रहरी बलका आइजीपी कोषराज वन्तका भ्रष्टाचारका फेहरिस्तहरु एकपछि अर्को गर्दै सार्वजनिक हुन थालेको । यतिसम्मकी भूकम्प पीडित सशस्त्र प्रहरी कर्मचारीको नाममा आईजीपी वन्तले करोडौं रुपैयाँ हिनामिना गरेको आरोप लागेको छ । 
भूकम्पबाट पीडित बनेका कर्मचारीलाई दिन भनेर निकासा गरिएको २६ करोड रुपैंया आईजीपी वन्तले कर्मचारीलाइ नदिइ बिगत ६ महिनादेखी आफूखुशी प्रयोग गर्दै आएको सशस्त्र स्रोत बताउँछ ।
 यसरी वन्तले मनपरी गरेको भन्दै विरोधका आवाजहरु बढ्न थालेपछि वन्तले आफू निकट प्रहरी अधिकारीलाई को–को पिडित छन् भन्दै जानकारी माग्न थालेका छन् । 
गत बैशाख १२ र २९ गते गएको महाभूकम्पपछि आईजीपी वन्तले सशस्त्र प्रहरी कल्याण कोषबाट प्रधानमन्त्री दैबी प्रकोप उद्दार राहत कोषमा ६ करोड ३४ लाख २५ हजार उपलब्ध गराएका थिए । भूकम्पबाट पीडित बनेका सशस्त्र प्रहरी कर्मचारीलाई समेत जनही ५० हजार उपलब्ध गराउने निर्णय गरेका थिए ।
 त्यसताका ६ देखी ७ हजार सशस्त्र प्रहरी कर्मचारी भूकम्पबाट पीडित बनेको तथ्यांक बाहिर आएको थियो । तर, ६ महिना बितिसक्दा पनि वन्तले राहत उपलब्ध नगराई उल्टै कर्मचारीको तलवबाट दिनको दश रुपैंयाको दरले काटेर राज गर्दै आएका छन् । जुन पैसा एक महिनामा एक करोड ११ लाखको दरले जम्मा हुदै आएको छ । रकम सात महिनाको अबधिमा ८ करोड पुगिसकेको छ । उक्त रमक पनि आईजीपी वन्तले हिनामिना गरेको स्रोत बताउँँछ ।सशस्त्र प्रहरीले कल्याण कोषबाट निकाशा गरिएको २६ करोड रुपैंया सशस्त्र प्रहरी कर्मचारीबाटै दिनको दश रुपैंयाको दरले कटैती गर्दै दुई बर्ष भित्र जम्मा गर्ने नर्णय गरिएको थियो ।
  तर, पीडित प्रहरी कर्मचारीलाई राहत उपलब्ध नगराई आइजीपी वन्तले उल्टै तलबबाट पैसा कटौंती गरी झन पीडित बनाएको चर्चा सशस्त्र प्रहरी प्रधान कार्यालय हलचोकमा छ । सशस्त्र प्रहरीले भूकम्पबाट पीडित भई घरवारविहिन भएका आफ्ना कर्मचारीको पुर्नवासका लागि ४० करोड बन्दा बढीको कल्याणकारी प्याकेजको घोषणा गरेको थियो । त्यस्तै, न्यूनतम ब्याजदरमा दामासाहीले साँढे दुई लाख रुपैयाँदेखि ६ लाख रुपैयाँसम्म ऋण सहयोग गर्ने, बीमा रकम अबिलम्ब उपलब्ध गराउने, पीडित सशस्त्र प्रहरी कर्मचारीलाई दामासाहीले विना ब्याजमा एक महिनाको तलब बराबरको रकम सापटी स्वरुप प्रदान गर्ने, मृत्यु भएका सशस्त्र प्रहरी कर्मचारीका एक जना सन्ततीलाई १२ कक्षा अध्ययन गरुञ्जेलसम्म छात्रवृत्ति प्रदान गर्ने, भूकम्प प्रतिरोधात्मक घर बनाउन सम्पूर्ण प्राविधिक सहयोग उपलब्ध गराउने, घरपायक सरुवा, काज तथा लामो विदाको व्यवस्था गर्ने, उद्धार कार्यमा उत्कृष्ट योगदान पु-याउने सशस्त्र प्रहरी कर्मचारीको योगदानको उच्च मूल्यांकन गरी पुरस्कृत गर्ने घोषणा गरेपनि कार्यान्वयन भने भएकोे छैन ।

Post a Comment

0 Comments