Subscribe Us

लाजिम्पाटको त्रिसरा बारमा पारसले मच्चाए हंगामा

काठमाडौं । पूर्व यूवराज पारस शाह विगतमाझैं डिस्को र रेष्टुरेन्ट गएर झगडा गर्न थालेका छन् । थाइल्याण्डमा रेटुरेन्ट तोडफोड गर्दा पक्राउ परेका उनले केही दिनअघि काठमाडौंमा पनि एक रेष्टुरेन्टमा तोडफोडको प्रयास गरेगरेका छन्।  गत शनिबार बेलुका लाजिम्पाटको त्रिसरा रेष्टुरेन्टमा उनले बियरको बोतल फुटाएर रेष्टुरेन्टकै मालिकसँग झगडा गरेका हुन् ।रेष्टुरेन्टको भित्री कोठामा गएर बसेका उनले मदिरा पिएर आफ्नै साथीहरुसँग झगडा गरेका हुन् । 

रेष्टुरेन्टका मालिकलाई समेत घाँटी थिचेर उनले कुट्ने प्रयास गरेका थिए ।पछि झगडा भएको खबर प्रहरीले पाएपछि महानगरीय प्रहरी वृत्त दरबारमार्गका डिएसपी रमेश बस्नेतले रेष्टुरेन्टमा प्रहरी टोली पठाएका थिए । त्यतीबेला झगडा साम्य भइसकेको थियो । रेष्टुरेन्टमा मदिरा पिएर बसेको खबर पाएपछि प्रहरी भने हस्तक्षेप नगरी पार्किङमा बसेको थियो ।  बेलुका करिब साढे १० बजे उनी फर्किएपछि प्रहरी पनि फर्किएको थियो । बा ११ च ४११५ नम्बरको गाडी चढेर उनी फर्किएका थिए ।

खराब आचरणकै कारण उनलाई पूर्वराजा ज्ञानेन्द्रले निर्मल निवासमा छिर्न दिएका छैनन् । काका धीरेन्द्रका छोरीको परिवारसँग उनी बस्दै आएको स्रोत बताउँछ । लागूऔषध सेवन गर्ने तथा रेष्टुरेन्टमा झगडा गरेकै कारण पारस थाइल्याण्डमा जेल नै बस्नुपरेको थियो ।

 करिब ६ महिना अघि नेपाल आएका उनी उनी सुरुमा घरभित्रै मदिरा र लागूऔषधमा रमाएपनि पछिल्लो समय डिस्को र रेष्टुरेन्ट धाउन थालेका छन् ।थाइल्याण्डमा केही महिना जेल बसेपछि उनी धरौटीमा छुटेलगत्तै नेपाल आएका हुन् । पछिल्लो समय पूर्वयूवराज्ञी हिमानीले समेत उनको वास्ता गर्न छाडेकी छिन् । बैंककमा थाई प्रेमिका कन्निकासँग बस्दै आएको थाहा पाएपछि हिमानीले पारसको वास्ता गर्न छाडेकी हुन् । 

ककमा हुुँदा गम्भीर किमिसको हृदयघातबाट पनि उनी बच्न सफल भएका थिए । मदिरा र लागूऔषध सेवन नगर्न उनलाई चिकित्सकले कडा चेतावनी दिएपनि उनले छाडेका छैनन् । नर्भिक अस्पतालमा उनी नियमित चेकिङमा जाने गरेका छन् । यूनाइटेड पोष्ट साप्ताहिकबाट

Post a Comment

0 Comments