Subscribe Us

ईन्धनमा सिन्डीकेट,
निगम, ट्याङकर चालक र व्यसायीको कारण उपभोेक्ता मारमा

काठमाडौं । आयलनिगमका कर्मचारी घुस्याहा र भष्ट्रचारी भएका कारणले व्यवसायीहरु ठगीमा सक्रिय भएको रहस्य खुलासा भएकोे छ । 

आयलनिगमले व्यवसायीहरुलाई पेट्रोलियम पदार्थ उपलब्ध गराउँदा नापजाँच भन्दा कम ईन्धन उपलब्ध गराई ठगी गर्ने र चाँहेको बेलामा ईन्धन उपलब्ध गराउनको लागी मासिक १५ देखी २५ हजारसम्म घुस खुवाउनु पर्ने बाद्ध्याद्धमक प्रणाली लागू गरेका कारण व्यवसायीहरुले उपभोक्ताबाट ठगी गर्ने बाध्य भएको व्यवसायीहरु जिकीर गर्न थालेका छन् । नियगमन गर्ने निकाय नै भष्ट्रचारी र घुस खोरी भएपछि व्यवसायीहरुको मनोबल बढोको उनिहरुको बुजाई छ । 

पेट्रोलियम पदार्थमा बिक्री बितरण गर्दै आएका राजधानी रिङरोड भित्रका अघिकांस पम्पले दैनिक चार हजारको हाराहारीमा पेट्रोल र दुई हजारको हारहारीमा डिजेल बिक्री गर्दै आएका छन् भने रिङरोडबाहिरका पप्ले ८ हजारसम्म डिजेल बिक्री गर्दै गर्ने गर्छन । आयलनिगमबाट चार हजार पेट्रोल खरिद गरी व्यवसायीले पम्पमा झार्दा ५० देखी ७५ लिटर सम्म कम हुने तथा डिजेलमा २५ देखी ५० लिटरसम्म कम हुने राजधानीका अघिकांस व्यवसायी बताउँछन् । बारम्बार यस बिषयमा पेट्रोलियम डिलर एशोसिएसनलाई गुनासो गर्दासमेत एशोसिएसनका पदाथिकारीले व्यवसायीको गुनासो नसुनी उल्टै  नियमसंग मिलेर कमिशन खाने गरेको आरोप व्यवसायीले लगाएका छन् । 

 उता एशोसियसनका अध्यक्ष लिलेन्द्र प्रधानले व्यवसायीको गुनासो लिएर आयलनिगम जाँदा निगमका कमचारीले याँहाबाट ईन्धन नापजाँच गरेरै पठाउँने गरेको दाबी गर्दै बाहिर गएर के हुन्छ निगम जिम्मा लिन नस्कने भन्दै कर्मचारी पन्छिने गरेको बताए । पम्प सञ्चालकका अनुसार हराउँने ईन्धन मध्य २५ प्रतिशत ट्याङकर चालकले बाटोमै गायब गर्दै आएका छन् । अधिकांस चालकको तलब ४ देखी ५ हजार हुन्छ, ति सञ्चालक भन्छन् अहिलेको समयमा चार, पाँच हजारमा कसले काम गर्छ ? उनका अनुसार ट्याङकरका चालकले मासिक एक लाखको हाराहारीमा तेल चोरी गरी बेच्छन् त्यस कारण उनिहरुलाई तलबको मदलब हुदैन । ईन्धन कम दिई आयलनिगमले ठगी गर्ने र सुनवाई तथा कारवाही काँही नभएपछी सिण्डीकेट प्रणालीबाटै ठगी हुन थालेको व्यवसायीहरु स्वीकारेका छन् । 

ईन्धन कम उपलब्ध गराउन थालेपछि कालिमाटीस्थित माली आयलस्टोरले बिगत ८ महिनादेखी ईन्धन बिक्री गर्नै छाडेको व्यवसायीहरु बताउँछन् । निगमले ईन्धनमा ठगी गर्ने थालेपछि मालिआयल स्टोर एक बर्षमा एक करोेडको नोक्सान परेको स्रोत बताउँछ । राजधानीका अघिकांस पेट्रोल पप्पले निगमका कर्मचारीलाई मासिक घुस खुवाएपनि माली, त्रिपुश्वरको राम भोला, कमलपोखरीको भ्याली, बालुवाटारको गोमा गणेश, सानोगौचरणको सानोगौचर्च पम्प, बत्तिसपुतलीको कुमारी आयलस्टोरलगाएतका केही पप्पले भने मासिक नदिने बरु ईन्धन बिक्री नर्गर्ने भन्दै निगमको घुस खोरी पर्था बिरुद्धमा  उभिदै आएकको निगमका एक कर्मचारीले बताएका छन् । 

एशोसियसनका पदाधिकारीहरुको पम्पमा भने निगमले घुसखोरी पर्था ढाकछोेप गर्न मागेको जति ईन्धन उपलब्ध गराउँदै आएको अन्य व्यवसायीहरुको आरोेप छ । बत्तिसपुतलीस्थित कुमारी आयलस्टोरका सञ्चालक शिब खरेलले निगमबाट ईन्धन ल्याउँदा कम मापन हुने गरेको स्वीकारे । उनेले भने मेरो एक महिनाको रेकड हेर्ने हो भने मलाई दुई हजार लिटर ईन्धन कम पाएको छु ।

 तर यस बिषयमा सम्बन्धि निकायमा सुनवाई हुदैन । जसरी ईन्धन आउँछ त्यसरी नै बिक्री गर्नु पर्ने व्यवसाीको रहर नभई बाध्यता भएको गुनासो उनको छ । गत साता बिषेश सुचनाको आधारमा महानगरीय अपराध महाशाखा टेकुले उपत्यकाका १७ वटा पम्पमा रिमोट जडित मेशिन जडान गरी उपभोक्ता ठगी गर्ने गरेको खुलासा गरेपछि पप्पले ठगी गर्नु पर्नेको कारण निगम आफै भएको प्रमाणहरु भेटिन थालेका हुन ।

 अपराध महाशाखाका एसपी सहकुल थापाले उपभोक्ता ठगी गर्ने व्यवसायीमाथी अनुसन्धान र छापा मार्ने क्रम जारी रहेको बताए । अनुसन्धानको क्रममा ठगीमा निगमका कर्मचारीको सँगलग्नता भेटिएमा उनिहरुपनि कानुनको दायरामा आउँने बताए । कानून भन्दा ठूलो कोहीपनि हुन सक्दैन अपराधमा संगलग्न जो कोही डिलो चाँडो कानूनको दायरामा आउँछ । 

Post a Comment

0 Comments