Subscribe Us

ईन्धन ठगीमा डिपो प्रमुख देखी महाप्रबन्धक सम्म

रबिन शर्मा                                          रामआधार साह
काठमाडौं । पेट्रोल पम्पहरुसँग मिलेर उपभोक्तालाई ठगी गरेको आरोपमा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मा र नाप तौल तथा गुणस्तर विभागका पूर्व महाप्रबन्धक रामआधार साहलाई प्रहरीले पक्राउ गरेको छ । 

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले शर्मा र साहलाई आईतवार पक्राउ गरेको हो । शर्मालाई थानकोटबाट र साहलाई गौशालाबाट पक्राउ गरिएको महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनालले बताएका छन् । पक्राउ परेका शर्मामाथी पेट्रोल पम्पहरुसँग मिलेर उपभोक्ता ठगी गरेको, ईन्धन कम उपलब्ध गराएको आरोप लागेको छ भने साहालाई पम्पहरुमा रिमोट फिट गर्न लगाएको आरोप छ । 

यस अघि ईन्धन ठगी गरेको आरोप प्रहरी हिरासतमा रहेका उपत्यकाका १३ वटा पम्पहरुमा साहको योजनामा रिमोट फिट गरेको अनुसन्धानबाट खुलासा भएपछि साहलाई पक्राउ गरिएको महाशाखाले जनाएको छ ।   भारतको विहारबाट मिस्त्री बोलाएर उपत्यकाका पम्पहरुमा रिमोर्ट जडान गर्न लगाउने मुख्य नाइके साह रहेको अनुसन्धानबाट खुलासा भएको हो । दुई साता अघि पक्राउ परेका ५ जना मिस्त्रीको बयानको आधारमा साहकोे संल्गनता खुलासा भएको महाशाखाका एसएसपी खनालले बताए । 

डिजीटल पम्पमा जडित उक्त रिमोट सिस्टमको यन्त्रले १०० लिटर तेल झार्दा २ देखि ५ लिटर कम तेल झार्ने सिस्टम फिट गरेको अबस्थामा उपत्यकका दुई दर्जन पम्पमा महाशाखाले छापा मारेको थियो । पक्राउ परेका भारतीय मिस्त्रीमा बिहार मोतीहारीका ४४ वर्षीय नसिम सिद्दिकी, गोरखपुरका अयोब आलम र मोतीहारीकै मिन्टू भन्ने हमिद हुसेन र बिहार मोतीहारीकै मोहम्मद अबरारले पूर्व महाप्रबन्धक साहको सेटिङमा रिमोट फिट गरेको बयान दिएपछि उनि फन्दामा परेका हुन । मिस्त्रीकै बयानको आधारमा पम्ममा छापा मारेर उपभोक्ता ठगी गरेको प्रमाण हात लाग्न साथ प्रहरीले यसको लहरो खोजेको थियो । 

जसमा पम्म सञ्चालक देखी डिपो प्रमुखसम्म तानिएका हुन । पम्म सञ्चालकले डिपोबाटै कम परिमाणमा ईन्धन पठाएको, ईन्धन पाउनको लागी डिपो प्रमुखलाई घुस खुवाउन पर्ने जस्ता बयान प्रहरी समक्ष दिएपछि शर्मालाई अनुसन्धानको लागी पक्राउ गरिएको महाशाखाका एसपी सहकुल थापाले बताए । चार हजार लिटर ईन्धन ल्याउँदा डिपोबाट ५० देखी ७५ लिटरसम्म ईन्धन कम उपलब्ध गराउने गरेको बयान प्रहरी समक्ष पम्प सञ्चालकले दिएका छन् । ईन्धन कम आएकै कारण ठगीमा सक्रिय हुनु परेको दाबी उनिहरुको छ । 

Post a Comment

0 Comments