Subscribe Us

लागूऔंषधका अभियुक्तलाई अदालतको सफाई,
प्रहरीको नियतमाथी प्रश्न

काठमाडौं । लागूआषैध मुद्दाका अभियुक्तलाई जिल्ला अदालत काठमाठौंले सफाई दिएपछि प्रहरी बृत्तमा हलचल मच्चिएको छ । एक बर्ष अगाडी लागूआषैधसहित पक्राउ परेका काभ्रेली समुहका दावा लामालाई जिल्ला अदालत काठमाडौंले आइतवार सफाई दिने फैसाला गरेसँगै प्रहरी बृत्तमा हलचल मच्चिएको हो । सफाई पाएका लामा सोमवार कारागार मुक्त भएका छन् । 
गुण्डागर्दीमा संलग्नलाई प्रहरीले पक्राउ गर्दा उनिहरुको साथबाट लागूऔंषध बरामत भएको दाबी गर्दै अभियोग लगाउँदै आएको छ ।  राजधानीको गुण्डागर्दी नियन्त्रण र गुण्डालाई जेलमा कोच्न प्रहरीले चल्तीका गुण्डा नाईकेहरुलाई लागूऔंषध मुद्दामा फसाउँदै आएको प्रहरी उच्च स्रोतको दाबी छ ।

चक्रे नामले कुख्यात मिलन गुरुङ, रामेछापका रमेश बाहुन भन्ने सुजन पौंडेल, धादिङका बिक्रम लामा, काभ्रेका सन्की भन्ने रावनजित लामा जस्ता एक दर्जन गुण्डालाई प्रहरीले पक्राउ गर्दा लागूऔंषध बरामत भएको दाबी गर्दै मुद्दा चलाएको थियो

१४ ग्राम लागूआषैधसहित एक बर्ष अगाडी लामा र उनका दुई सहयोगी काठमाडौंको बौंद्धबाट पक्राउ परेका थिए । तर अदालतले लामालाई सफाई दिएसंगै प्रहरीको नैतिकता माथि प्रश्न उठन सरु भएको छ । फरार रहेका लामाको साथबाट १४ ग्राम लागूऔंषध खैरो हिरोईन बरामत भएको मुजुल्का तयार पार्दै प्रहरीले मुद्दा दर्ता गरेको थियो ।  
पाँच बर्ष देखी दश बर्षसम्म कैद सजाईको माग दाबी गर्दै प्रहरीको रायमा सरकारी वकिलले लामा बिरुद्ध अदालतमा अभियोग पेश गरेको थियो । थुनछेक आदेशले  थुनामा पुगेका लामालाई सजाँई गर्न प्रमाणको अभाब देखाउँदै अदालतले आईतवार सफाई दिएको हो । जिल्ला अदालतका न्यायधिस डिल्लीरत्न श्रेष्ठको ईजालसले लामालाई सफाई दिने फैसाला गरेको हो । 

प्रहरी प्रतिबेदनले चल्ने लागूऔंषधका मुद्दामा प्रहरीले नियतबस फसाउँने गरेको दाबी कानून व्यवसायीहरुले गरेका छन् । अन्य मुद्दामा फरार भएका व्यक्तिलाई पक्राउ गर्दा प्रहरीले लागूऔंषध बरामत भएको झुण्टा मुचुल्का तयार पार्दै अभियोग लगाउने गरेको कानून व्यवसायी नरबहादुर योगीले दाबी गरे । ‘प्रहरी प्रतिबेदन कै आधारमा लागूऔंषध मुद्दामा धेरैले सजाँई पाउँदै आएका छन् । 

त्यसैले प्रहरीको मनोबल बढेको हो,  ‘उनले भने ।’ गुण्डागर्दीमा संलग्न व्यक्तिले हतियार बोग्न सक्छन, ‘तर लागूऔंषध बोग्ने कुरा अपत्यारीलो हो अदालतका एक कर्मचारीले बताए ।’ उनले भने, ‘मुद्दा हर्ने इजालसलाई नियतबस फसाएको जस्तो लागेको खण्डमा ईजालसले कानून छाडेर आफ्नो मगसतसमेत प्रयोग गर्ने अधिकार छ, ‘लागूआषैध मुद्दा भन्दैमा दश बर्ष कैद हुनैपर्छ भन्ने होईन उनले थपे ।’ लामाको सफाईसंगै बरामत भएको भनिएको उक्त लागूऔंषध कसको हो त भन्ने बिषया समते प्रश्न उठेको छ । 

ज्यानमार्ने उद्योग मुद्दामा फरार लामालाई तत्कालिन महाशाखाका एसएसपी पुस्कर कार्कीको टोलीले पक्राउ गर्दा उनको साथबाट १४ ग्राम लागूऔंषध  बरामत भएको थियो । ललितपिूरका राजन श्रेष्ठलाई खुकुरी प्रहार गरी फरार भएका लामालाई तत्कालिन महाशाखाको टोलीले बौंद्धको नयाँबस्तीबाट पक्राउ गरेको थियो । पक्राउ पर्दा उनको साथबाट लागूऔषध भेटिएको दाबी गर्दै प्रहरीले मुद्दा चलाएको थियो ।

 राजधानीको गुण्डागर्दी नियन्त्रण र गुण्डालाई जेलमा कोच्न प्रहरीले चल्तीका गुण्डा नाईकेहरुलाई लागूऔंषध मुद्दामा फसाउँदै आएको प्रहरी उच्च स्रोतको दाबी छ । चक्रे नामले कुख्यात मिलन गुरुङ, रामेछापका रमेश बाहुन भन्ने सुजन पौंडेल, धादिङका बिक्रम लामा, काभ्रेका सन्की भन्ने रावनजित लामा जस्ता एक दर्जन गुण्डालाई प्रहरीले पक्राउ गर्दा लागूऔंषध बरामत भएको दाबी गर्दै मुद्दा चलाएको थियो । चक्रे अदालतले तोकेको पाँच बर्ष सजाई काटेर जेल मुक्त भईसके भने बाहुनको मुद्दा अदालतमा बिचाराधिन अबस्थामा छ । बिक्रम र रावनजित लागूऔंषध मुद्दामा सजाई काटिरहेका छन् ।   

Post a Comment

0 Comments