Subscribe Us

प्रहरी र तस्करबीच गोली हानाहान

लहान । सिरहा र सप्तरीको सिमानामा पर्ने बलान खोलामा गएराति प्रहरी र गाँजा तस्करबीच गोली हानाहान भएको छ । सप्तरीको टिकुलियाँ–८ स्थित बगान खोलामा भएको दोहरो गोली हानाहानको क्रममा गाँजा तस्करले छाडेको करिब ४० किलो गाँजा प्रहरीले नियन्त्रणमा लिएको छ ।

गोप्य सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सप्तरी र अस्थायी प्रहरीपोस्ट ठाँडी सिरहाबाट खटिएको प्रहरी टोलीमाथि करिब छ÷सात जनाको समूहमा रहेका गाँजा तस्करीले गोली प्रहार गरेपछि प्रहरीले जवाफि कारवाही गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक नारायण चिमोरियाले जानकारी दिएका छन् ।  

तस्करले गाँजाका बोरा फ्याँकी फरार भएको र  बरामद भएको गाँजा जिल्ला प्रहरी कार्यालयमा राखिएको उनले बताए । गत साता अबैध रुपमा लगाईएको गाँजा फडानी गर्ने गएको प्रहरी टोलीमाथी मकानपूरमा पनि झडब भएको थियो । 

Post a Comment

0 Comments