Subscribe Us

शस्त्रका आईजीपीलाई निलम्बन गरः अख्तियार

काठमाडौं। अख्तियार दुरुपयोग अनुसन्धान आयोगले सशस्त्र प्रहरी बलका महानिरीक्षक कोषराज वन्तलाई निलम्बन गर्न सरकरालाई 
सिफारिस गरेको छ।  ढुवानी सम्बन्धी अनियमिततामा मुछिएको वन्तमाथि छानविन भइरहेकाले उनको निलम्बनका लागि सरकरालाई सिफारिस गरिएको हो ।
 वन्तमाथि आ. व ०६९र७० र ७०र७१ सशस्त्र प्रहरी बलको प्रयोजनका लागि विभिन्न सामान खरीद गर्दा ढुवानीको नक्कली बिल  बनाएको आरोप छ ।
 अख्तियारको विज्ञप्ति :
 सशस्त्र प्रहरी बल हलचोकले आ.व. ०६९।०७० र ०७०।०७१ मा खरीद भएका सामान ढुवानी गरी अधिराज्यभर आफ्नो युनिटमा पठाउन टेण्डर आव्हान गरी सदाज्योती सप्लायर्स संग सम्झौता गरेकोमा सो सम्झौता बमोजिम ढुवानी नगरी नक्‍कली बिल बनाई करोडौ भ्रष्टाचार गरेको भन्‍ने लगायतका आयोग समक्ष पर्न आएका उजुरी निवेदनहरु मध्ये ढुवानीमा व्यापक आर्थिक अनियमितता भएको भन्‍ने उजुरी उपर विस्तृत अनुसन्धान तहकिकातको क्रममा हाल सम्म संकलित सबुत प्रमाणहरुबाट निवेदनमा उल्लेखित जिकिर अनुरुप उल्लेखित आ.व.हरुमा खरिद गरिएका सामानहरु भन्दा अस्वभाविक बढि सामानहरु ढुवानी गरेको देखाई झुठ्ठा बिल तथा पत्रहरु तयारी गरी सम्झौता विपरित ढुवानीकर्ता संग मिलेमतो गरी ब्यापक आर्थिक अनियमितता गरेको पाइएकोले यसमा सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त समेतको प्रत्यक्ष संलग्नता रहे भएको देखिन आएकोले ततसम्बन्धमा अझै थप प्रमाण कागजातहरु संकलन गर्नुपर्ने भएको हुँदा आर्थिक अनियमितता तथा भ्रष्टाचारजण्य कार्यमा प्रतक्ष्य संलग्न रहेका देखीएका सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतका प्रहरी कर्मचारीहरु पदमा बहाल रहि रहँदा आफ्‍नो विरुद्धको प्रमाण लोप वा नास गर्न सक्ने र अनुसन्धान तहकिकातको कार्यमा समेत बाँधा व्यवधान पुर्‍याउन सक्ने मनासिव कारण देखिएकोले निज सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्त¸ सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय सुमनजंग थापा र रामकृष्ण महर्जन तथा सशस्त्र प्रहरी निरीक्षक विन बहादुर थापा समेतलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन, २०४८ को दफा १९ को खण्ड (३) बमोजिम आजैका मितिवाट निलम्बन गर्न सशस्त्र प्रहरी महानिरीक्षक कोषराज वन्तको हकमा नेपाल सरकार, प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबार तथा सशस्त्र प्रहरी नायब उपरीक्षक द्वय र सशस्त्र प्रहरी निरीक्षकको हकमा गृह मन्त्रालय, सिंहदरवार र सशस्त्र प्रहरी बल प्रधान कार्यालय, स्वयंम्भु, काठमाण्डौलाई आयोगको मिति २०७२।०९।०२ को निर्णयअनुसार सम्वन्धीत निकायमा लेखी पठाइएको छ ।

Post a Comment

0 Comments