Subscribe Us

चपली हाइटका नायक राज घिमिरे प्रहरी खोरमा, आर्थीक कारोवारमा गुण्डागर्दी

ललितपुर । अपहरण तथा शरीर बन्धक गरेको आरोपमा चपली हाइटका नायक राज घिमिरे पक्राउ परेका छन् । घिमिरेलाई महानगरीय प्रहरी परिसर ललितपूरले शुक्रवार गोदावरीबाट पक्राउ गरेको हो । 

गोदावरीका कुमार सिलबाललाइ गत बुधवार बेलुका घिमिरेले अपहरण गरी गोदावरीको एक होटलमा बन्धक बनाई कुुटपिट गरेको जाहेरी परिसरमा परेपछि अनुसन्धानको लागी घिमिरेलाई पक्राउ गरिएकोे ललितपूर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले बताए । 

उनले भन,े ‘लेनदेनको बिषयलाई लिएर घिमिरेले सिलवाललाई घरबाटै अपहरण गरी गोदावरीको बिभिन्न होटलमा राखी कुटपिटसम्म गरेको पाईयोे यो गुण्डागर्दीको पराकाष्ट हो ।’

घिमिरले एमाओवादीका केही नेताकोे आडमा गोदावरी क्षेत्रमा गुण्डागर्दी गर्दै आएको स्थानीय एक व्यक्तिले बताए । एमाओबादी नेता पुष्पकमल दाहल प्रचण्ड, बर्षामान पुनलगाएतका नेताहरुसँग फोटो खिचाएर घिमिरेले उनिहरु निकट भएको देखाउन समाजिक सञ्जाल फेसबुकमा फोटोसमेत अपलोड गर्दै आएका छन् ।

 स्रोतका अनुसार घिमिरेले गृहमन्त्री शक्तिबहादुर बस्नेतका सहयोगी मुक्ति बस्नेतको खास ब्यक्ति भएको भ्रम फैलाउँदै ललितपूर क्षेत्रमा गुण्डागर्दी, हप्ता असुली मञ्चाउँदै आएका छन् । घर जग्गाका कारोवारीलाई समेत घिमिरेले हप्ता असुली मच्चाएको एक पीडित व्यापारीले बताएका छन ।

 राजधानीका कुख्यात गुण्डाका नाईकेसँग समेत घिमिरेको उठबस रहेको उनको फेसबुकमा अपलोड भएको फोटोबाट पुष्टि हुन्छ । पक्राउ परेका घिमिरेलाई अपहरण तथा शरीर बन्धक मुद्दामा कारवाही पक्रिया अगाडी बढाईएको एसएसपी अधिकारीले बताए । 

Post a Comment

0 Comments