Subscribe Us

मध्य क्षेत्रमा एसपी थापा उत्कृष्ट

काठमाडौं । मध्य क्षेत्र प्रहरी कार्यालय मातहतका जिल्ला प्रहरी कार्यालय चितवनका तत्कालीन प्रहरी उपरिक्षक (एसपी) सहकुल बहादुर थापा मध्य श्रेत्रमा उत्कृष्ट ठहर भएका छन् । 
जिल्ला प्रहरी कार्यलय चितवनमा कार्यरत छदा मध्य क्षेत्रका १२ जिल्लाको कार्यसम्पादनको आधारमा उनि उष्कृष्ट भएको मध्य क्षेत्र प्रहरी कार्यलय हेटौडाले जनाएको छ । 

हाल उनी महानगरीय अपराध महाशाखा टेकुमा कार्यरत छन् । जिल्लामा कार्यरत रहदा शान्ति सुरक्षाको अबस्थालाई सामान्य राख्न पूर्व सतर्कता अपनाएको र अपराध अनुसन्धानमा प्रभावकारी रुपमा कार्य सम्पादन गरेको ठहर गर्दै एसपी थापालाई मध्य क्षेत्रले उत्कृष्ट घोषना गरेको हो । 

एसपी थापाको उत्कृष्ट कार्यशैलीको अभिलेख मै जनिने गरी उनलाई नगदसहित पुस्कृत गर्ने निर्णय मध्य क्षेत्र प्रहरी कार्यालयले गरेको हो । 

चितवनमा कार्यरत रहदा थापाले जिल्लामा हुने गुण्डागर्दी, चोरी, तस्करी, लुटपाट बिरुद्ध बिषेश अप्रेशन चलाएका थिए । चोरीका गाडीको कारोबारी देखी साना हतियारका कारोबारीलाई समेत एसपी थापाले कानूनको दायरामा ल्याउन सफल भएका थिए । काठमाडौं पछिको सबै भन्दा बढी गण्डागर्दी हुने जिल्लामा चितवन पर्छ । 

Post a Comment

0 Comments