Subscribe Us

चार करोड पचाउन आफ्नै ज्वाँईलाई फसाउँदै दुर्गाबहादुर र बिनोद

काठमाडौं । दुई नम्बरी धन्दा गरेर अबैध पैसा थोपर्नेहरुले कसरी प्रशासन र प्रहरीलाई आफ्नो जालमा पार्छन भन्ने कुरा एक घटनाबाट खुलेको छ । आफै अध्यक्ष रहेको सहकारीबाट पटक–पटक गरी साढे चार करोड रकम अपचलन गरेर फस्ने अबस्था देखेपछि दुर्गाबहादुर श्रेष्ठले यतिखेर प्रहरी, प्रशासन र सञ्चारमाध्यमलाई नै दुरुपयोग गर्न थालेका छन् । घटना हो, न्यूरोडस्थित चाईना टे«ड सहकारीको चार करोड ४० लाख रकम अपचलन ।
प्रहरीलाई अहिले टाउको दुखाईको बिषय बनेको यो पक्ररणले । किनकी, ठगीका मुख्य नाईके तथा योजनाकार दुर्गाबहादुरले जबर्जस्ती आफ्ना ज्वाँई नाता पर्ने राजकुमार श्रेष्ठलाई बिना आधार र कारण अनाहकामा ६ महिनादेखी फसाउन खोजेका छन् । दुर्गाबहादुरले सहकारीका अन्य सञ्चालकहरुलाई थाहै नदिई सहकारीमा लेखापालको काम गर्ने आफ्ना भाञ्जा बिनोद श्रेष्ठ मार्फत उक्त रकम निकालेर हुण्डी मार्फत चाईना पु¥याई अपार्टमेन्ट खरिद गरिसकेको सहकारीका एक सञ्चालकले बताएका छन् ।
सहकारीमा यो बिषयले बिबाद बढेपछि दुर्गाबहादुरले आफू प्रहरी कारवाहीबाट बच्न लेखापाल बिनोदलाई मोहरा बनाई राजकुमार बिरुद्ध प्रहरीमा पैसा ठगिएको भन्दै जाहेरी दिएका छन् । यहाँ महत्वपूर्ण पक्ष के छ भने ठगिएको छ सहकारी, सहकारीको रकम निकाल्ने व्यक्ति हुन लेखापाल बिनोद श्रेष्ठ अनि सहकारीको तर्फबाट प्रहरीमा जाहेरी पर्दैन र नयाँ पात्र राजकुमारलाई खडा गरी उसैलाई फसाएर आफू चोखिन खोज्दै छन् दुर्गाबहादुर ।
सहकारी स्रोतका अनुसार राजकुमारको सहकारीमा कुनै लेनदेन छैन भने बिनोद र उनीबीच बिगत देखी नै सानो तिनो लेनदेनको कारोबार हुने गरेको थियो । त्यसैलाई आधार बनाएर दुर्गाबहादुर र बिनोद मिलेर राजकुमारलाई फसाई चार करोड ४० लाख पचाउन खोजेको कुरा उनीहरुले नै प्रहरीमा दिएको बयानबाट पुष्टि हुने अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारी बताउँछन् ।
दुर्गाबहादुरले आफू जोगिनको लागि तत्कालिन गृहमन्त्री बामदेम गौतम, तत्कालिन गृहसचिव सूर्य सिलवाल तथा एआईजीद्धय बिज्ञान शर्मा र प्रतापसिंह थापालाई दुरुपयोग गर्दै आएको प्रहरी स्रोत बताउँछ । तर, प्रहरी अनसुन्धानबाट खुलेका यि तथ्यहरुले भने दुर्गाबहादुर र विनोदलाई कुनै हालतमा पनि उन्मुक्ति दिन मिल्दैन ।
गत ७ असारमा सहकारीका लेखापाल भनिएका बिनोद श्रेष्ठले बिभिन्न बैंकमा भएको सहकारीको खाताबाट दुई करोड पचास लाख रुपैयाँ निकाली राजकुमारलाई दुई घण्टाको लागि सापट दिएको प्रहरीमा पहिलो बयान दिएका छन् । उनले सन्ध्याकालिन काउन्टरबाट उक्त रुपैयाँ झिकेको बताएका थिए । यति ठूलो रकम बिनोदलाई सहकारीले कुन प्रयोजनको लागि दियो ? के सर्वसाधारणको ३८ करोड निक्षेप रहेको सहकारी भनेको दुर्गाबहादुर र दुर्गाबहादुर भनेको सहकारी हो ? सहकारीका अध्यक्ष, उपाध्यक्ष र व्यवस्थापकले बोर्डमा कुनै जानकारी नै नदिई किन बिनोदलाई हस्ताक्षर गरी चेक दिए ? यस बिषयमा महानगरीय प्रहरी परिसर टेकुले अनसुन्धान गर्दा व्यवस्थापक राजेन्द्र श्रेष्ठले बिनोदलाई चेक चोरी गरेर रकम झिकेको वयान दिएका थिए । तर, चेक चोरी गरी सहकारी ठगी गर्र्ने बिनोदलाई सहकारीले किन जोगाएर राखेको छ ? अनसुन्धानको बिषय बनेको छ । स्रोतका अनुसार यो ठगी प्रकरणमा अध्यक्ष दुर्गाबहादुर फस्ने भएपछि उनले बिनोदलाई जोगाएर आफू पनि बच्न खोजेका हुन ।
प्रहरी अनुसन्धानमा खुलेका तथ्यहरु
तथ्य नं १ :
सहकारीको रकम चार करोड चालिस लाख निकासा हुँदा सहकारीसँग असम्बन्धित राजकुमारलाई के आधारमा उक्त रकम दिईयो ? बिनोदले प्रहरी र दुर्गाबहादुर निकट सञ्चारमाध्यममा राजकुमारले आफूसँग एक दुई दिनका लागि दुई करोड पचास लाख सापट मागेको बताएका छन् । तर, राजकुमारले बिनोदसँग दुई करोड ५० लाख माग्नासाथ सहकारीले बिनोदलाई उक्त रकम दिई हाल्नुपर्ने कारण के हो ? यो कुरालाई पत्याउने हो भने सहकारी पनि गलत धन्दामा लागेको पुष्टि हुन्छ ।
तथ्य नं २ :
गत असार ७ गते रकम निकासा हुँदा १६ गतेसम्म सहकारी र त्यसका अध्यक्ष किन अनभिज्ञ भए ? जब कि उनीहरुकै भनाईलाई मान्ने हो भने एक दुई दिनको लागि उक्त रकम निकालेर बिनोदले फिर्ता गर्ने बताएका थिए ।
तथ्य नं ३ :
सहकारीले महिनाको १५ हजार तलब खाने लेखापाललाई दुई करोड पचास लाख रकम दिँदा बैंकहरुले सम्बन्धीत खातावालाको अनुमती बिना कसरी पैसा दिन सक्छ ?
तथ्य नं ४ :
बिनोदको भनाईलाई मान्ने हो भने ७  असारमा पैसा लिएका राजकुमार १६ गते बिहान ११ बजे अमेरीका जान लागेको कुरा बिनोद लगायत सम्पूर्ण परिवारलाई थाहा थियो । आफ्नै छोरी बिरामी भएका कारण राजकुमारले १६ गतेको टिकट रद्ध गरी १९ गतेको लिएका थिए । उनीहरुको नजरमा राजकुमार १६ गते नै अमेरिका उडिसके ।
तर, बिनोदले राजकुमार अमेरीका उडिसके भन्दै पैसा खाएर भागेको हल्ला पिटाए । जबकी राजकुमार घरमै थिए । १६ गते बेलुका ८ बजे यो कुरा राजकुमारको कानमा प¥यो, जब उनलाई सहकारीका व्यवस्थापकले फोन गरे । फोनमा बिनोदले केही रकम हिनामिना गरेर तपाईलाई आरोप लगाएको छ भनी व्यवस्थापकले भनेपछि राजकुमार छाँगाबाट खसे जस्तै भए । र, उनले भोली बिहान बिनोदसहित उनीहरुस“ग भेट्ने बाचा गरे । १७ गते बिहान सहकारीका उपाध्यक्ष, अध्यक्षका भाई नारायणकाजी, आरोप लगाउने बिनोद र व्यवस्थापकसँग कालोपुलमा राजकुमारको भेट भयो ।
भेटका क्रममा राजकुमारले बिनोदलाई किन मलाई आरोप लगाएको भन्ने प्रश्न गर्दा बिनोदले सोझै हजुरलाई आरोप लगाएपछि मेरो हिसाब किताब मिलाउन सहज हुन्छ भन्दै सहकारीका पदाधिकारीहरु समक्ष आपूmले दुई चार दिनमा पैसा फिर्ता गर्ने बताएपछि उनीहरु त्यहाँबाट फर्केका थिए ।
त्यसको पर्सीपल्टै उपाध्यक्ष तिर्थ गुरुङसहितको समूह राजकुमारको घरमा पुगी मुद्दाको अन्तिम किनारा नलगाएसम्म तपाईको भिसा लागेको पासपोर्ट हामी राख्छौं भन्दै जवर्जस्ती कब्जा गरेका थिए ।
यसरी निर्दोष व्यक्तिलाई कसैस“ग कारोबार गरेकै आधारमा फसाउन सहकारीका अध्यक्ष दुर्गाबहादुरले अपराध महाशाखा, परिसर देखि आयुक्त कार्यालयलाई समेत गुमराहमा राख्न खोजेका छन् । राजकुमारले पैसा खाएको पुष्टि हुने कुनै आधार र प्रमाण नदेखेपछि अपराध महाशाखामा विनोदले आफ्नै नामबाट निकालेको सिमकार्डलाई राजकुमारले फेसबुकबाट फोटो झिकेर निकालेको भन्दै साइवर क्राइममासमेत उजुरी दिएका छन् । र, प्रहरीले पनि दुर्गाबहादुरकै निर्देशनमा काम गरेर निर्दोषलाई फसाउन खोजेको छ । विनोदले आफ्नै नाममा राजकुमारले निकालेको भनिएको सिमकार्ड अर्कै व्यक्तिको नाममा रहेको खुलिसकेको छ ।

Post a Comment

0 Comments