Subscribe Us

दश करोड बुजाएर वन्त भए रिहा

काठमाडौं । सशस्त्र प्रहरीका निलम्बीत आईजीपी कोषराज वन्तलाई अख्तियार दुरुप्रयोग आयोगले दश करोड धरौंटी माग गरेको छ ।

 सोमवार बयान दिने अख्तियार पुगेका वन्तलाई बयानको काम नसकिएपछि हिरासतमा लिन खोज्दा आफू धरौंटी लिई तारेखमा छाड्न अनुरोध गरेपछि अख्तियारले उनिसँग दश करोड धरौंटी मागेको थियो । 

अख्तियारले मागेको उक्त धरौंटी राखेर वन्त सोमवार नै रिहा भएका छन् । अख्तियारले मागेको धरौंटी राखेपछि उनलाई मंगलवार पुन अदालतमा उपस्थित हुने गरी तारेखमा छाडिएको अख्तियारले जनाएको छ ।

 अख्तियारले मागेको धरौंटी बराबर वन्तले बैंक ग्यारेन्टी राखेका छन् । समान ढुवानीमा अनिमियता गरेको ठहर गर्दै वन्तलाई गत बिहीवार अख्तियारले निलम्बन गर्न सरकारलाई पत्रचार गरेको थिया । सोही पत्रको आधारमा सरकारले गत शुक्रवार वन्तलाई तिन महिनाको लागी निलम्बन गर्दै कायममुकाय आईजीपीको जिम्मा दुर्जकुमार राईलाई दिएको थियो । 





Post a Comment

0 Comments