Subscribe Us

छोरीकोे सिफारिसमा ईन्धन ठगीका नाईके अस्पतालमा

काठमाडौं । प्रहरीले नियन्त्रण लिनसाथ बिरामीको नाटक गर्दै अस्पताल भर्ना भई बसेका थानकोट डिपोका प्रमुख रबिनकुमार शर्मा अदालतमा अभियोग पेश भए लग्गतै ठिक भए । 

उपचारमा सलग्न चिकित्सकले शर्माको  स्वस्थ ठिक भएको सिफारिस पछि ४ भन्दै मा अस्पतालले उनलाई डिस्चार्ज गर्यो । प्रहरी सुरक्षामा अदालतमा बयान दिन पुगेका शर्मा बयान नसकिएको कारण प्रहरीले पुनः हिरासतमा राख्ने भएपछि अस्पताल परिसरमै उनले सुगर बढेको नाटक गरे । 

सुरक्षामा खटिएको प्रहरीले अदालत परिसरबाट शर्मालाई बिरअस्पतालमा लगे । बिहान डिस्चार्ज भएका शर्मालाई एक महिला डाक्टरले भर्ना गरेरै उपचार गर्नु पर्ने जिकिर गरेपछि प्रहरी परिसर टेकुमा खैलाबैला मच्चियो । बिहान ठिक भएको भन्दै डिस्चार्ज गर्ने बेलुका फेरी भर्ना गर भन्ने डाक्टरको नियतमा शंका गर्दै प्रहरीले शर्मालाई अस्पतालबाट लगेर खोरमा थुने । 

भर्ना नगरेको भन्दै शर्माको हातमा लगाईएको स्लाईनको सुई समेत डाक्टरले झिन्न नमानेपछि मेडीकलमा लगी थुतेर खोरमा थुनेको परिसरका एक अधिकृतले बताए । उनले भने, शर्माको छोरी डाक्टर रहिछिन उनकै सिफारिसमा हिरासत छल्न बिरामीको नाटक गरेर अस्पतालमा भर्ना गर्न खोजियो । शर्मा ईन्धन ठगी प्रकरणमा मुख्य अभियुक्त मानिएका व्यक्ति हुन । अस्पतालमा भर्ना नगरिएको बिषयलाई लिएर शर्माका कानून व्यवसायीलेसमेत अदालतमा प्रहरीको नैतिकतामा प्रश्न उठाएका थिए ।

 बुधवार थुनछेक बहसको क्रममा  शर्माका कानून व्यवसायी शेरबहादुर केसीले डाक्टरले भर्ना गरेर उपचार गर्नु पर्छ भन्दा प्रहरीले नियतबस लगेर खोरमा थुनेको आरोप लगाए । कसैको मानब अधिकार हनन गर्ने प्रहरीलाई समेत कारवाहीको माग गरे । ठगीमा अनुसन्धान शुरु गरेको प्रहरीले कानूनलाई मिचेर कालोबजारीको मुद्दा अदालतमा ल्याएकोसमेत उनले जिकिर गरे ।

 तिन साता अगाडी पेट्र«ोल पम्पमा चिप्स र रिमोट जडान गरेर उपभोक्ता ठगी गरेको आरोपमा महानगरीय अपराध महाशाखाले उपत्यकाको १९ पम्पमा छापा मारी सञ्चालकलाई नियन्त्रमा लिई अनसुन्धान सुरु गरेको थियो । अनुसन्धानको क्रममा ईन्धन ठगीमा शर्माकोे संलग्नता पुष्टि भएपछि गतसाता शर्मा पक्राउ परेका थिए । ईन्धन बितरण गर्दा मासिक असुलेर कालेबजारी र ठगी गर्दै आएकोे पम्प सञ्चालकलाई शर्माले सहयोग पर्याउदै आएको अभियोग शर्मा माथी छ ।  प्रहरीको राय लिदै सरकारी वकिले शर्मा बिरुद्ध १२ लाख ५३ हजारको बिगो र पाँच बर्षसम्म कैद सजाईको माग गर्दै अदालतमा अभियोग पेश गरेको छ । 

Post a Comment

0 Comments