Subscribe Us

हत्यारा दाजु एक बर्षपछि पक्राउ,

ईटहरी । ईटहरीमा भाईको हत्या गरेर फरार भएका दाजु एक बर्षपछि उपत्यकाको भक्तपूरबाट प्रहरीको फन्दामा परेका छन् ।

 ५ मंशिर २०७० मा आफ्नै भाई सुवास काफ्लेको हत्या गरी फरार रहेका रमेश काफ्लेलाई ईटहरीबाट खटिएको बिषेश टोलीले शनिवार भक्तपूरकोे गट्ठाघरबाट पक्राउ गर्न सफल भएको हो ।

जिल्लाको हासपोसा गाबिस तरहरा सामुदायिक जंगलमा सुवासको जलेको अबस्थामा ६ मंशिर २०७० मा शब फेला परेको थियो ।

 ५ मंशिर २०७० मा घरमा खाना खाई को ८ प ३२५४ नंम्बरको मोटरसाईकल लिई निस्केका सुवास बेलुकी घर फर्की नआएपछि उनको खोजतलास सुरु गरीएको थियो । खोजतलासको क्रममा भोलीपल्ट विहान  उनले शब जलेको अबस्था फेला परेको थियो । उनले प्रयोग गरेको मोेटरसाईकसमेत शब नजिकै प्रहरीले बरामत गरेको थियो ।

 सुवासको हत्यापछि उनको श्रीमती ममता काफ्ले बजगाईले प्रहरीमा सुवासको दाजु रमेश काफले लगायतका व्यक्तीहरुको विरुद्धमा किटानी जाहेरी दिएकी थिईन। भाईको हत्या पश्चात फरार रहेका रमेश भक्तपूर लगाएत राजधानीमासमेत लुकिछीपि बस्दै आएका थिए । 

Post a Comment

0 Comments