Subscribe Us

गृहमन्त्रीको वरिपरि जाली नोटका कारोबारी ?

काठमाडौं । सोझा स्वभावका गृहमन्त्री शक्तिबहादुर बस्नेत आफन्तकै कारण विवादमा मुछिन लागेका छन् । गृहमा सरुवा, बढुवा र ठेक्का पट्टाका काममा मन्त्री बस्नेतका भतिजा मुक्ति बस्नेतले तस्कर र माफियाको डिजाइन अनुसार काम गर्न मन्त्रीलाई दबाब दिएको चर्चा छ । 

 यतिसम्मकी मुक्तिले ड्राइभर देखि पिएसओसम्म विभिन्न तस्करहरुले उपहारस्वरुप दिएको मोवाइल उपलब्ध गराएर सबैस“ग नजिकिएका छन् ।

 ‘यति एअरलाइन्सका मालिक आङछिरिङ शेर्पा, मेनपावर व्यवसायि सुर्य गुरुङ र भारतीय जाली नोटको कारोबारमा मुछिएका सुनिल रायमाझिले लगाएका कामहरु मुक्तिले सिधै गृहमन्त्रीलाई भनेर गर्न लगाउ“छन् ।’ गृहका एक अधिकारीले भने–‘मन्त्रीज्यूले यस्ता बद्नाम र विवादास्पद व्यक्तिहरुले सिफारिस गरेका काम गर्न आनाकानी गरेपनि भतिजाले दबाब दिन थालेपछि उहा“ विवादमा मुछिन लाग्नु भएको हो ।’

 गृहमा कुनै पदमा नबसेका मुक्तिलाई केही दिन अगाडि सिंहदरबार दक्षिणतर्फको गेटका प्रहरी जवानले छिर्न नदिएपछि ति जवानलाई गालीगलौज गरी उल्टै सरुवा गरेको विषयले प्रहरीमा हल्लीखल्ली मच्चिएको छ । त्यसो त यति एअरलाईन्सका मालिक शेर्पालाई समेत मुक्ति, गुरुङ र रायमाझिले गृहमन्त्रीस“ग नजिक गराइदिने भन्दै आफन्तलाई एअरलाइन्समा जागिर लगाइसकेको गृहका एक अधिकारीले बताए ।

Post a Comment

0 Comments