Subscribe Us

कसले फुटायो राजेन्द्र महतोको टाउको ?

विराटनगर । संयुक्त मधेसी मोर्चा र प्रहरीको झडपका क्रममा मोर्चाका नेता राजेन्द्र महतो घाइते भएका छन् ।

महतोको टाउको फुटेको र यतिखेर उनको उपचार भईरहेको जनाईएको छ । विराटनगरको रानीस्थित भन्सार नाकालाई मोर्चाका कार्यकर्ताहरूले शंनिवार अपराह्न ४ः१५ बजे धर्नामा बसेर अवरोध गर्न खोज्दा सो झडप भएको हो ।

प्रहरीले धर्नामा नबस्न सम्झाउने क्रममा मोर्चाका कार्यकर्ताद्वारा ढुङ्गामुढा प्रहार भएपछि अवस्थालाई साम्य पार्न प्रहरीले दुई राउन्ड अश्रुसेल प्रहार गरेका थिए । त्यसपछि मोर्चाका कार्यकर्ताहरूले सीमापारिबाट ढुङ्गामुढा गरेको र भारतको सीमा सुरक्षा बलले पनि मोर्चाका कार्यकर्तालाई धपाउनका लागि बल प्रयोग गरेका थिए ।

राजेन्द्र महतोको टाउको फुटेको सम्बन्धमा ढुङ्गामुढाका कारणले वा भारतीय सीमा सुरक्षा बलको लट्ठी प्रहारबाट भएको हुनसक्ने तर नेपाल प्रहरीबाट नेता महतोमाथि प्रहार नभएको प्रहरी नायब उपरीक्षक प्रमोद खरेलले बताएका छन् । महतो भारतीय क्षेत्रबाट शनिवार अपराह्न रानी विराटनगरमा प्रवेश गरेका थिए । उक्त घटनामा पाँचजना मोर्चाका कार्यकर्तालाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक  खरेलले जानकारी दिए ।

Post a Comment

0 Comments