Subscribe Us

आफूसँगै फसाए वन्तले तिन आईजीपी,
वन्तको बयानपछि हलचोकमा छापा

काठमाडौं । अख्तियार दुरुपयोग अनसुन्धान आयोगले सशस्त्र प्रहरीका तिन पूर्ब आईजीपीलाई अनसुन्धानको दायरामा तानेको छ । 

सामन ढुवानीमा फर्जी बिल पेश गरेको आरोपमा उनिहरुमाथी अख्तियारले अनसुन्धान सुरु गरेको हो । 

पूर्ब आईजीपी  सनतकुमार बस्नेत, शैलेन्द्रकुमार श्रेष्ठ र बासुदेब वलीलाई अख्तियारले आईतवारबाट बयान लिन सुरु गरेको छ । बयान नसकिएकोे कारण अख्तियारले उनिहरुसँग धरौंटी माग गरेका छ । अख्तियारले मागेको धरौंटी राखी उनिहरु आईतवार साँझ रिहा भएका छन् । 

 अख्तियारले सनत कुमार बस्नेतसँग ८ करोड, शैलेन्द्र कुमार श्रेष्ठसँग १ करोड र बासुदेव ओलीसँग ७० लाख रुपैयाँ धरौटी मागेको थियो । धरौंटी बराबरको बैंक ग्यारेन्टी राखेपछि उनिहरुलाई रिहा गरिएको अख्तियार स्रोतले बताएको छ । फर्जी बिल प्रकरणमा यस अघि सशस्त्रका बहालवाला आईजीपी कोषराज वन्तलाई अख्तियारले दश करोड धरौंटी मागेको थियो ।

वन्तपनि अनुसन्धानको दायरामा छन् । वन्तकै बयानको आधारमा सशस्त्रका पूर्ब तिन आईजीपीलाई अख्तियारले अनसुन्धानको दायरामा तानेको स्रोतको दाबी छ । यस अघिका आईजीपीले पनि यसरी नै खाएका हुन मैलेपनि खाएको हुँ भनेर बयान दिएपछि पूर्ब आईजीपीहरु पनि अख्तियारको फन्दामा परेका हुन । वन्तको बयानको आधारमा गत साता अख्तियारको टोलीले सशस्त्रको प्रधान कार्यालयमा छापा मारेको थियो । 

Post a Comment

0 Comments