Subscribe Us

एम्बुलेन्स चालक देखी सरकारी हाकिम परे मापासे कारवाहीमा

चितवन । जिल्ला ट्राफिक प्रहरी कार्यालय, चितवनले मादक पदार्थ सेवन (मापसे) गरी सवारी साधन सञ्चालन गर्नेमाथि कडाइ गरेसँगै सरकारी सवारी साधन र एम्बुलेन्स चालकसमेत कारबाहीमा परेका छन् ।

कार्यालयका अनुसार यही पुस १३ गतेसम्म चार एम्बुलेन्सका चालक र तीन सरकारी कार्यालयका सवारी चालक कारबाहीमा परेका हुन । 

सो अन्तर्गत सिँचाइ डिभिजन कार्यालयका प्रमुख सहित दुई र नेपाल विद्युत् प्राधिकरणका एक सवारी चालक कारबाहीमा परेका छन् । यसरी कारबाहीमा पर्नेमा सर्वसाधारणदेखि निजामतीका उपसचिवसम्म, प्रहरी, सेना, इन्जिनियर, चिकित्सक, पत्रकार, घरानिया उद्योगी व्यवसायी रहेको प्रहरीले जनाएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालका अनुसार एक एम्बुलेन्स चालकलाई सार्वजनिक मुद्दा दर्ता गरिएको छ भने अन्य चालकलाई अब उप्रान्त मापसे गरी एम्बुलेन्स नचलाउन कबुलियत गरी यातायात व्यवस्था ऐनको दफा लगाएर रु पाँच हजार जरिवानासहित कार्यालयमा अभिलेखपत्र रहने गरी छाडिएको छ ।

चालक स्वयम् आपूmलाई धान्न नसक्ने गरी मापसे गरी बिरामी बोकेर एम्बुलेन्स चलाउँदा हुन सक्ने जोखिमलाई ध्यानमा राखी यस्ता अत्यावश्यकीय सवारी साधनलाई समेत जाँच गरिएको भेटवालले बताए ।  
चालु आवको हालसम्म पक्राउ परेकाबाट रु आठ लाख २२ हजार राजस्व सङ्कलन गरिएको छ । गत आवमा एक हजार १६८ जनालाई मापसे विषयमा कारबाही गरिएको थियो । 

प्रहरीले जाँचलाई कडाइ गरे पनि दुर्घटनाको सङ्ख्या भने बढेर गएको छ । गत आवको पहिलो पाँच महिनामा जिल्लामा ५६ दुर्घटना भएकामा चालु आवको सोही महिनामा ६४ दुर्घटना भएका छन् । 

Post a Comment

0 Comments