Subscribe Us

डिएसपीले खाए गुण्डाको राम धुलाई,
बाउन्सरको भेसमा डिस्कोमा अखडा जमाउदै गुण्डा

काठमाडौं । महानगरीय आयुक्त कार्यलयका डीएसपी राजकुमार सिलवालले डिस्कोमा कुटाई खाएका छन् । कमलपोखरी बृत्तको मातहत रहेका काठमाडौं प्लाजास्थित डिस्को टाम्इस स्क्वायरमा उनले बुधवार बेलुका कुटाई खाएका हुन । 
मादक पर्दाथ सेवन गरी होस गुमाएका उनलाई सो डिस्कोका बाउनसरले कुटपिट गरेका हुन । बाउंसर सँग भना–भन भएकै भरमा डिएसपी सिलवाललाई उक्त डिस्कोका संञ्चालक तथा बाउंसरले ज्यानै लिने उद्देश्यले कुटपिट गरेको स्रोतले बतायो । 

कुटपिटका कारण उनको टाउकोमा गंभिर चोट लागेको छ । स्रोतका अनुसार डिएसपी सिलवालको कमलपोेखरी स्थित हिमाल अस्पतालमा उपचार भईरहेको छ । 

उनको टाउकोमा दश टाँका लगाईएको छ । डिएसपी सिलवाल आयुक्त कार्यलयका ईन्टेलिजेन्स टोलीका हुन । कुटपिटबाट घाईते भएका सिलवाललाई उल्टै कमलपोखरी बृतका प्रहरीले पक्राउ गरी थुनामा राखेका थिए । पछि उनि डिएसपी भएको थाहा पाएपछि तत्काल उपचारको लागी अस्पाताल लगिएको स्रोतले बतायो । 

यो काण्डले सोमवार मात्र हाजिर भएका नयाँ एआईजी प्रतापसिंह थापाले आईजीपी उपेन्द्रकान्त अर्यालकोे हप्की खाएका छन् । डिएसपी सिलवालको उक्त घटनापछि आयुक्त कार्यलयका ईन्टलीजेन्स टोलीका प्रमुख एसपी रबिन्द्र धानुकले टोलीका सम्पूण प्रहरीलाई बोलाएर अब आईन्दा मादक पर्दाथ सेवन गरेको थाहा पाएमा जागिर खाईदिने धम्कि दिएको स्रोतले बतायो । 

आयुक्त कार्यलयका प्रमुख एआईजी थापाले डिएसपी सिलवाल डिस्कोमा घाईते भएको स्वीकार्दै उक्त बिषयमा छानबिन भईरहेको बताए  । सो डिस्को बिश्वास बस्नेत, छिरिङ गुरुङ र प्रकाश श्रेष्ठले सञ्चालन गरेका हुन भने उक्त डिस्कोमा बाउंसर हरु मेट्रोे सिटी नामक एक संस्थाबाट झिकाईएको थियो । स्रोतका अनुसार उक्त सस्था गुण्डाहरुको अखडा हो । अनुसन्धानको लागी प्रहरीले सो डिस्कोका कर्मचारीलाई नियन्त्रमा लिएपनि उनिहरुको संगल्नता नखुलेपछि छाडिसकेको छ । भने घटनामा संगल्न बाउंसर भने फरार भईसकेका छन् । 

Post a Comment

0 Comments