Subscribe Us

अपराध नियन्त्रको लागी सडक सुरक्षा जाँचकेन्द्र सुरु गर्दै चितवन प्रहरी

चितवन । सडक सुरक्षालाई प्रभावकारी बनाउन जिल्ला प्रहरी कार्यालय र जिल्ला ट्राफिक  कार्यालय चितवनले सडक सुरक्षा जाँचकेन्द्र अवधारणा लागू गरेका छन् । सो अन्तर्गत जिल्लाका सवारी साधन चल्ने सडकमा भरपर्दाे, वैज्ञानिक एवम् सुरक्षित तवरले प्रहरीद्वारा जाँच गरिन्छ । 

आपराधिक क्रियाकलापमा संलग्न भई फरार हुन सक्ने अभियुक्त, अवैध धन्दा तथा तस्करी र गैरकानुनी सवारी साधन चलाउन सक्ने अवस्थालाई ध्यानमा राखी सो अवधारणा अगाडि सारिएको ट्राफिक प्रहरी कार्यालयका प्रमुख प्रहरी निरीक्षक राजन भेटवालले जानकारी दिए ।

उक्त अपधारणा लागू गर्न १२ प्रहरीलाई तालिम दिइएको छ भने आवश्यक पर्ने अत्याधुनिक उपकरणको व्यवस्था गरिएको छ । विगतमा प्रहरीले सुरु गरेको सशक्त जाँचलाई व्यवस्थित गर्दै अत्याधुनिक तवरबाट जाँच गर्न नयाँ अवधारणा ल्याइएको भेटवालले बताए ।  

सो अवधारणा सुरु भएसँगै सवारी दुर्घटनामा कमी आउँने, अपराध नियन्त्रणमा सहयोग हुने र जनचेतना वृद्धि हुने जिप्रकाका प्रमुख प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले दाबी गरे । दक्ष प्रहरी टोलीले मुख्य नाकामा जुनसुकै बेला जाँच गर्न सक्ने छ । यसबाट चोरीको सवारी साधनमा रोकावट हुनेछ भन

Post a Comment

0 Comments