Subscribe Us

कसले बेपत्ता बनायो डीएसपीको पेस्तोल

काठमाडौं । काठमाडौंको चाल्नाखेलमा स्थानीयबासी र प्रहरीबीच झडब हुँदा डीएसपीको पेस्तोल बेपत्ता भएको छ । 

चाल्नाखेलस्थित  एभरेष्ट ग्याँसको रिफिलिङ सेन्टरमा ग्यास वितरणको बिषयलाई लिएर झडब हुँदा महानगरीय प्रहरी वृत्त किर्तिपुरका डिएसपी टिकाबहादुर केसीको सात राउण्ड गोली लोड भएको पेस्तोल बेपत्ता भएको हो ।

 पेस्तोलसहित सञ्चार सेटपनि झडबमा बेपत्ता भएको थियो । खोजीको क्रममा सञ्चारसेट भेटिएपनि पेस्तोलको कसले किन बेपत्ता बनायो भन्ने बिषयले यतिखेर काठमाडौं प्रहरीलाई टाउको दुखाएको बिषय बनेको छ ।

 झडबमा डीएसपी केसी र थप मद्दतका लागी घटनास्थल पुगेका महानगरीय प्रहरी परिसर काठमाडौंबाट गएको डिएसपी रेवती ढकालकोे टोलीसमेत घाईते भएका छन । झडबमा हराएको सञ्चार सेट खोजीको क्रममा फेला परेपनि पेस्तोल भने साँझसम्म फेला नपरेको प्रहरीले जनाएको छ । प्रहरीले शंकास्पद एक दर्जनलाई लिएर अनसुन्धान सुरु गरेको छ । 

 एभरेष्ट ग्याँसले मंगलबार भरिएको सिलिण्डर उपभोक्तालाई वितरण गर्ने जानकारी गरेपनि एकबजेसम्म कम्पनीले ग्याँस बितरण नगरेको भन्दै कम्पनी परिसर भित्र पसेर तोडफोड गरेका थिए । घटनामा दुई डिएसपी सहित अन्य पाँच प्रहरी समेत घाईते भएका छन ।

Post a Comment

0 Comments