Subscribe Us

प्रहरीमाथी बम प्रहार गर्ने घैंटेका लडाकु पेस्तोलसहित पक्राउ

काठमाडौं । प्रहरी ईन्काउन्टरमा मारिएका राजधानीका डन घैंटे भनिने कुमार श्रेष्ठका सहयोगी पेस्तोलसहित पक्राउ परेका छन् घैंटेका सहयोगी नक्कले भनिने विराज तामाङलाई महानगरीय प्रहरी अपराध महाशाखाकोे टोलीले पेस्तोलसहित बिहीवार पक्राउ गरेका हो । 

महाशाखाबाट खटिएको डीएसपी रमेश थापाको टोलीले उनलाई राजधानीकोे मनमैजुको बसन्तगनरबाट पक्राउ गरेको हो । नुवाकोेट, धादिङ र राजधानीमा नक्कलेको समहुले संगठित रुपमै गुण्डागर्दीमा संगलग्न हुँदै आएको थियो ।

 नुवाकोटमा ज्यान मार्ने उद्योग र हातहतियार खरखजनाकोे मुद्दा उनि माथी छ । महानगरीय प्रहरी बृत्त महाराजगंजमा उनी बिरुद्ध ज्यान मार्ने उद्योग मुद्दा दर्ता रहेका महाशाखाले जनाएको छ । उनलाई नुवाकोटका कांग्रेस नेताहरुको संरक्षण रहेको प्रहरीको दाबी छ ।
 राजधानीमा पक्राउ परेका नक्कलेको अनुसन्धानकोे क्रममा नुवाकोट जिल्लाको कल्याणपूर–६ गाँउकै घरमा हतियार लुकाएको खुलासा भएपछि टोली उनलाई लिएर त्याहा पुगेको थियो । 

नक्कले लुकाए राखेको अबस्थामा एक चाईनीज पेस्तोल र सो पोस्तोलमा लोड भएको अबस्थामा तीन राउण्ड गोली बरामद भएको महाशाखाका एसपी सहुकुल थापाले बताए । ७ वर्षअघि उनले नुवाकोटका अनिल श्रेष्ठलाई गोली प्रहार गरेको आरोप छ । गत वर्ष १४ जेठमा नुवाकोटको विदुर नगरपालीकामा नक्कलेले प्रहरीमाथि नै सकेट बम प्रहार गरेका थिए । ईन्काउन्टरमा मारिएका घैंटेको उनि बिषेश लडाकु भएको प्रहरीले बताएको छ । उनको समुहको नाईके सानुभाई भन्ने युबराज गुरुङ  भएको प्रहरी बुजाई छ । सानुभाईको पनि खोजी भईरहेको प्रहरीले जनाएको छ । 

पछिल्लो समय साना हतियार लिएर गुण्डागर्दीमा संल्गन व्यक्ति माथी महानगरीय प्रहरी अपराध महाशाखाले कठोर कदम चाल्न थालेको छ । हतियार र राजनीतिक पहुँचको आडमा गुण्डाहरुले व्यवसायी र सर्बसाधारण माथी आतंक मच्चाउने, ठेक्का कब्जा गर्ने जस्ता आपराधिक क्रियाकलपमा संलग्न हुन थालेपछि प्रहरीले   गुण्डागर्दी निर्मुल पार्ने अभियान सुरु गरेको हो । 

Post a Comment

0 Comments