Subscribe Us

महिलामाथि अश्लील व्यवहार गर्ने चिकित्सक पक्राउ

भीमदत्तनगर । अस्पतालमा दाँत जँचाउन आएकी महिलामाथि अश्लील व्यवहार गरेपछि कञ्चनपुरको भीमदत्तनगरस्थित श्रीराम डेन्टल हस्पिटल प्रालिका चिकित्सक डा कमलकिशोर राज पक्राउ परेका छन् ।

शनिवार बिहान भीमदत्तनगरको गल्ली नं २ मा रहेको हस्पिटलमा दाँतको उपचार गर्न आएकी बदेकोट नगरपालिकी महिलालाई हस्पिटलका सञ्चालक समेत रहेका डा राजले दाँत जाँचको क्रममा आफूमाथि अश्लील व्यवहार गरेको ती महिलाको आरोप छ । 

आरोपीत डाक्टरलाई जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको जनाएको छ । तर डाक्टरले भने आफूले जाँच गर्दा ढिलाइ मात्र भएको अश्लील व्यवहार नगरेको बयान प्रहरीलाई दिएका छन् ।  

Post a Comment

0 Comments