Subscribe Us

सुत्केरीको वास दिउँसो त्रिपालमा, राति छाप्रोमा

बनेपा । भूकम्पका कारण आफ्नो वासस्थानबाट विस्थापित भएका सुत्केरी महिला चिसोबाट बच्न परम्परागत छाप्रोमा बस्न थालेका छन् । 

मङ्सिरको पहिलो साता सुत्केरी भएकी पोखरीचौरी गाविस वडा नं ६ की कमला गौतम खर, पराल, छ्वाली, रुखका हाँगाबिँगा र स्याउलाले बारेर निर्माण गरेको परम्परागत छाप्रोमा बस्न थालेकी हुन । 

दिउँसो घाम हुँदा त्रिपालभित्रै बसेका छौँ तर राति सुत्नका लागि त्यही छाप्रोमा बसेका छौँ, उलने भनिन । सुत्केरी हुनुअघिको अवस्था पनि कष्टकर भएको उल्लेख गर्दै कमलाले बच्चालाई पनि चिसोको समस्याका कारण औषधि उपचार गर्नु परेको बताईन् । 

अहिले सबैभन्दा बढी समस्या वृद्धवृद्धा र बालबालिकालाई भएको जानकारी दिँदै गौतमले भूकम्पपीडितका लागि राहत आए पनि प्रभावकारी हुन नसकेको गुनासो गरिन । ठाउँ नभएकाले भैँसी राखेको कटेरो नजिकै सुत्केरी अवस्थाकी गौतम चिसोबाट बच्न सो छाप्रोमा बस्दै आएकी छिन ।  

भूकम्पका कारण छ महिनादेखि आफ्नो वासस्थानबाट विस्थापित भएका पोखरीचौरी वडा नं ६ र ७ का ५५ घरपरिवार बासिन्दा स्थानीय चौतारोडाँडामा बसेका छन् । सरकारले बस्ती नै सारेपछि उनीहरूलाई सुरक्षित स्थानमा राखिएको हो । 

भूकम्पपीडित आवास व्यवस्थापन समिति, पोखरीचौरीका अध्यक्ष उद्धव गौतमले सरकारले प्रदान गरेको त्रिपाल चिसोको समयमा उपयोग नभएको उल्लेख गर्दै बालबालिका र वृद्धवृद्धा चिसोका कारण त्रिपालमा नसुतेको बताए । गौतमका अनुसार चिसोका कारण बालबालिका र वृद्धवृद्धा निमोनिया र दम रोगबाट ग्रसित हुन थालेका छन् ।  

अध्यक्ष गौतमले दैवी प्रकोप तथा उद्धार समितिले विस्थापित भएर गएको ठाउँमा बसेका कारण लाग्ने भाडा रु १०० भूकम्पपीडितले नै आफँै तिर्नुपर्ने बाध्यता भएको उल्लेख गर्दै वृद्धवृद्धालाई ओढ्ने सिरक नभएर राति पनि आगो बालेर त्यसको छेउमा सुत्न बाध्य भएको बताए । आफ्नो वासस्थान सरेपछि बस्तुभाउ पनि सँगै ल्याउँदा चिसोका कारण बिरामी पर्न थालेको उल्लेख गर्दै औषधि खुवाउँदा खुवाउँदा हैरान भएको गौतमकोे गुनासो छ । गौतमको अनुसार हामीलाई अहिले ओढ्ने र ओछ्याउनेकै समस्या छ 

Post a Comment

0 Comments