Subscribe Us

युवती बन्धक बनाउने तीन युवा पक्राउ

झापा  । एक युवतीलाई अपहरण गरी होटलको कोठामा बन्धक बनाउने तिन युवालाई प्रहरीले पक्राउ गरी युवतीकोे उद्दार गरेको छ । बन्धक बनाउने कार्यमा संलग्न तीनजनालाई प्रहरीले झापाको शनिअर्जुन नगरपालिकाबाट पक्राउ गरेको हो । 

पक्राउ पर्नेमा इटहरी नगरपालिका–३ निवासी १८ वर्षीय मनिष कार्की, मोरङको ववियाविर्ता – ९ निवासी २३ वर्षीय दीपक ऋषिदेव र ललितपुर उपमहानगरपालिका – १४ निवासी २३ वर्षीय दीपक कार्की रहेको इलाका प्रहरी कार्यालय बिर्तामोडले जनाएको छ । 

ति युवाले शनिअर्जुन नगरपालिका – ९ स्थित ओसिम होटल एण्ड लजको १०२ नं कोठामा ति युवतीलाई बन्धक बनाई राखेको गोप्य सूचनाको आधारमा छापा मारी युवतीको उद्धार गर्न सफल भएको प्रहरीले जनाएको छ । 

युवतीलाई बन्धक बनाउने कार्यक्रममा सहयोग पुर्याउने होटल सञ्चालकसमेत रहेका मनिष र सोही होटलमा काम गर्ने अन्य दुईजनालाई पनि प्रहरीले पक्राउ गरेको इप्रका, बिर्तामोडका डिएसपी खड्गबहादुर खत्रीले जानकारी दिए । 

पक्राउ परेका तीनैजनालाई मानव बेचबिखन तथा शरीर बन्धकसम्बन्धी मुद्दामा म्याद थप गरी कारबाही अघि बढाएको प्रहरीले जनाएको छ । बन्धक बनाइएकी युवतीको प्रहरीले दुई दिनअघि उद्धार गरेको जनाइएको छ । युवतीको शरीर बन्धक बनाउन संलग्न सबैलाई पक्राउ गरेपछि मात्र उनीहरूलाई आज प्रहरीले सार्वजनिक गरेको हो 

Post a Comment

0 Comments