Subscribe Us

आपूर्तिमन्त्री गणेशमान पुनले दिएकै चेक बाउन्स ! मन्त्री पुनबाट पीडित बने सर्बसाधारण

काठमाडौं । खातावालाले दिएको चेक क्याँस नभए त्यसलाई ‘चेक बाउन्स’ भएको मानिन्छ । जाना जानी आफ्नो खातामा पैसा नभएको अबस्थामा अर्कालाई चेक दिई बैंकमा पठाउनेलाई बैंकिङ कसुर गरेको ठहर हुन्छ, भने प्रहरीले यस्तो अबस्थामा ठगीको समेत मुद्दा चलाउँदै आएको छ । 

खातामा रकम नभएको अबस्थामा चेक जारी गर्दा कानूनले त्यसलाई बैंकिङ कसुर भन्छ र पाँच हजारसम्म अदालतले जरिवाना गर्दै आएको छ । तर अहिलेका बहालवाला वाणिज्य तथा आपूर्तिमन्त्री गणेशमान पुनले भने यस्तै गैरकानुनी कार्य गरेर ‘बाउन्स चेक’ दिएको प्रमाण फेला परेको छ । 

भारतीय नाकाबन्दीको समयमा चीन भ्रमणमा गएर पेट्रोलियम पदार्थ आयातसम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर गर्न भन्दै सुटुक्क चीन गएर आम नेपालीलाई केही आशाको सञ्चार गरेका मन्त्री पुनले आफ्नो एभरेष्ट बैंकको नयाँ बानेश्वर शाखामा रहेको खाता नं ०१००५१६२०५७२० बाट एक व्यक्तिलाई २०७१ साल जेठ ३० गते काटेको आठ लाख ४१ हजार रूपैयाँको चेक ‘बाउन्स’ भएको अबस्थामा भेटिएको हो । यद्यपि विभिन्न कारण देखाउँदै मन्त्री पुनबाट पीडित व्यक्तिले आफ्नो नाम भने उल्लेख नगर्न आग्रह गरेका छन् । 


कुनै पनि चेक आफूले काटेको मितिले छ महिनासम्म साट्न सकिन्छ । तर, उनको एभरेष्ट बैंकमा रहेको सो चेकमा छ महिनासम्म पनि लेखिएको परिमाणमा रकम जम्मा नभएपछि आफूलाई फसाएको पीडितले बताएका छन् । उनले उक्त आठ लाख रूपैयाँको चेक छ महिनासम्म पनि नसाटिएको भन्दै अहिले मन्त्री भइसक्दा पनि आफूले उक्त परिमाणको पैसा नपाएको दाबी गरेका छन् । उक्त विषयमा आपूर्तिमन्त्री पुनसँग प्रतिक्रिया लिनखोज्दा े सम्पर्क हुनसकेन । आर्थीक दैनिकबाट

Post a Comment

0 Comments