Subscribe Us

सीके राउतको पर्चा छाप्ने प्रेस संचालक प्रहरीको फन्दामा

मधेशलाई स्वतन्त्र देश बनाउने भन्दै नेपालविरोधी पर्चाहरु छापेको अभियोगमा ललितपुर प्रहरीले आशुतोष प्रिन्टिङ प्रेसका सञ्चालकलाई प्रहरीले पक्राउ गरेको छ । 

पाटन औद्योगिक क्षेत्रभित्र रहेको उक्त प्रेसका सञ्चालक रोशन शाहलाई प्रहरीले मंगलबार पक्राउ गरेको ललितपुर प्रहरी प्रमुख एसएसपी पिताम्बर अधिकारीले जानकारी दिए ।

नेपालको तराई – मधेशलाई अलग्गै देश बनाउने भन्दै भूमिगत रुपमा पर्चाबाजी गर्दै आएको सीके राउतको नेपालविरोधी गतिविधिमा सहयोग गरेको आरोपमा प्रेस संचालकलाइ पक्राउ गरेर केहि सार्वजनिक अपराध ऐन अन्तर्गतको मुद्दामा म्याद थप गरेर अनुसन्धान शुरु गरेको छ । 

मधेशलाई ‘नेपाली उपनिवेश’को संज्ञा दिएर ‘स्वतन्त्र देश’ बनाउन भन्दै नेपालविरोधी हाते पुस्तिकाहरु सीके राउतले देशकै राजधानीको पाटन औद्योगिक क्षेत्रभित्रै छपाउने गरेको सुचना पाएपछि उक्त प्रेसमा छापा मारेर  छापिएका केहि पर्चा पम्पलेट सहित संचालकलाइ पक्राउ गरेको एसएसपी अधिकारीले बताए ।   

सीके राउतले छापेको उक्त घोषणापत्रमा गौतम बुद्ध, महात्मा गान्धी र दक्षिण अफ्रिकाका नेल्सन मण्डेलाको फोटो छापिएको छ भने गान्धी र मण्डेलाकै अनुशरण गर्दै ‘नेपाली उपनिवेश र रंगभेद’ अन्त्य गरेर मधेशलाई ‘स्वतन्त्र’ बनाउने उल्लेख गरिएको छ । 

राउतको उक्त ‘घोषणापत्र’को बाहिरी कभरमै ‘स्वतन्त्र मधेश, अपना देश’को नारा उछालिएको छ । उक्त ‘घोषणापत्र’को अन्तिम कभरमा नेतृत्व डाः सीके राउत लेखिएको छ भने उनको तस्बिरसँगै जन्मस्थान, गाउँलगायतको परिचय उल्लेख गरिएको छ । उक्त कभरमा उल्लेख भएअनुसार सीके राउतले क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरेका सीके नेपालकै प्रसिद्ध महेन्द्र विद्याभूषण समेत पाएको उल्लेख छ १  

को हुन् सीके राउत 
सीके राउत नेपालको सप्तरी जिल्लाको महदेवा गाउँमा जन्मिएका व्यक्ति हुन् । उनले बेलायतको क्याम्ब्रिज युनिभर्सिटीबाट पीएचडी गरेका छन् भने उनले युवा इन्जिनियर पुरस्कार, महेन्द्र विद्याभूषण, कुलरत्न गोल्डमेडल, ट्रफिमेन्कफ एकाडेमिक एचिभमेन्ट अवार्ड जस्ता विभिन्न पुरस्कार समेत पाएका छन् । 

मधेशको हकहितका लागि भन्दै सीके राउत २०६८ सालमा अमेरिकाबाट नेपाल फर्किएका उनलाई नेपालविरोधी गतिविधि गरेको अभियोगमा नेपाल प्रहरीले पटक पटक पक्राउ समेत गरिसकेको छ । उनले मधेशमा स्वतन्त्र मधेश भन्दै सीडी÷डीभीडी तथा विभिन्न हातेपुस्तिकाहरुमा नेपालविरोधी कुराहरु छापेर, रेकर्ड गरेर गाउँ गाउँ वितरण गर्ने गरेका छन् ।

 सोही कारण उनलाई नेपाल प्रहरीले पक्राउ गर्दा नेपालका ‘बुद्धिजीवी’ मानिने व्यक्तिहरु पद्मरत्न तुलाधर, दमननाथ ढुंगाना, वीरेन्द्र मिश्र, खगेन्द्र संग्रौला, सीके लाल, मल्ल के सुन्दर, कष्ण भट्टचन, कृष्ण हाछेथु, श्याम, बिजयकान्त कर्ण, पासाङ शेर्पा,राजेन्द्र महर्जन, झलक सुवेदी, धीरेन्द्र प्रेमर्शी, गणेशकुमार मण्डल, विमल अर्याल, तुलानारायण साह, अनुभव अजित, उज्ज्वल प्रसाई, युग पाठक, चिरण मानन्धर,राजेश अहिराजले संयुक्त विज्ञप्ति निकाल्दै उनको पक्राउलाई विचार अभिव्यक्तिको स्वतन्त्रताविरोधी कार्य भनी टिप्पणी गरेका थिए भने तत्काल रिहाइको माग समेत गरेका थिए । तर तथाकथित बुद्धिजीवी वर्गले भनेजस्तो उनको पक्राउलाई विचार अभिव्यक्ति स्वतन्त्रताको विरुद्ध भन्नुपर्ने कुनै आधार नै देखिँदैन । 

किनभने नेपालको संविधान २०७२ ले पनि कुनै पनि व्यक्तिलाई मौलिक हक र कर्तव्यको छुट दिए पनि राष्ट्रिय स्वाभिमान र अखण्डतामा आँच पु¥याउने कार्यलाई गैरकानुनी मानेको छ । नेपालको संविधानको भाग ३ मौलिक हक र कर्तव्यअन्तर्गत धारा १७ मा स्वतन्त्रताको हकसम्बन्धी व्यवस्था गर्दै राष्ट्रिय अखण्डताविरोधी कार्यहरु गर्न दुरुत्साहन गर्ने गरी ऐन बनाउन रोक लगाएको मानिनेछैन भनी उल्लेख गरिएको छ ।

Post a Comment

0 Comments