Subscribe Us

फरार अभियुक्त गुरुङ क्यासिनो सांग्रिलाका सुरक्षा प्रमुख

काठमाडौं । महानगरिय प्रहरी बृत्त महाराजगंजले गुण्डागर्दीमा संलग्न फरार अभियुक्त भन्दै आफ्नो कार्यालयको बोर्डमा फोटोसहितको सुचना टाँसेको कमल गुरुङ लाजिम्पाटको सांग्रिला क्यासिनोमा सेक्युरिटी हेडमा कार्यरतमा रहेको खुल्न आएको छ ।

केही समयअघि प्रहरी इन्काउन्टरमा मारिएका गुण्डा नाइके कुमार श्रेष्ठ उफ घैटेका प्रमुख सहयोगी रहेका कमल गुरुङलाई सांग्रिला क्यासिनोका मालिक राजेन्द्र वजगाँइले क्यासिनोको सेक्युरिटी चिफको  जागिर दिएका छन् । प्रहरी इन्काउन्टरमा मारिएका घैंटेका मुख्य सहयोगीका रुपमा रहेका गुरुङ घैटेको आर्थिक कारोबार देखि हप्ता असुली सम्मका नाईके थिए । सोही आधारमा उनलाई प्रहरीले फरारको सुचिमा राखेको थियो ।
उसो त सांग्रिला क्यासिनोका पुराना मजदुरहरुलाई निकालेर कांग्रेसका महासमिति सदस्य समेत रहेका वजगाईले उनै गुण्डा गुरुङको सहयोगमा नयाँ मजदुरहरुसहित क्यासिनो संचालन गरिरहेका छन् ।  गुरुङलाई प्रहरीले फरार अभियुक्तको रुपमा राखेको भएपनि सांग्रिलामा चार सय पुराना मजदुरहरुले पूनर्वहालीको माग गर्दै आन्दोलन गरिरहँदा उनै गुरुङले काठमाडौंका अन्य गुण्डाहरु समेत बोलाएर मजदुरहरुलाई तर्साउने र धम्क्याउने गरिरहेका छन् ।
 क्यासिनो मालिक राजेन्द्र वजगाँइ

सांग्रिला क्यासिनोमा पुराना मजदुरहरु आफुलाई पूनर्वहालीको माग गरेर आन्दोलन गरिरहँदा गूरुङले अन्य गुण्डाहरु लगाएर फोनमा र बाटोमा भेट्दा समेत धम्क्याउने गरेको मजदुरले बताएका छन् । एमाले समर्थक ट्रेड युनियनका एक सदस्य भन्छन्, –क्यासिनो संचालक बजगाईले उनै गूरुङमार्फत मजदुरहरुलाई धम्क्याउने र तर्साउनेसम्मको काम गरिरहेका छन् ।’


Post a Comment

0 Comments