Subscribe Us

प्रहरी बर्दीधारी गुण्डा हुनः कानून व्यवसायी,
मेरो कुनै कमेन्ट छैनः एसएसपी खनाल

काठमाडौं । बहसको क्रममा कानून व्यवसायी सुरेन्द्र थापाले प्रहरी बर्दीधारी गुण्डा भएको आरोप लगाएका छन् । जिल्ला अदालत काठमाडौंका १८ नम्बरका न्यायधिस सिशिरराज ढकालको ईजलासमा बहसकै क्रममा  बिहीवार थापाले उक्त आरोप लगाएका हुन । 

उनको आरोपको आशय महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सबेन्द्र खनालमाथी थियो । पेट्रोलियम व्यवसायीहरुकोे तर्फबाट बहस पैरबी गर्ने जिम्मा पाएका थापाले एसएसपी खनालको छबीमा समेत गंम्भिर प्रश्न उठाएका थिए । 

 हिरोे बन्ने उद्देश्यले एसएसपी खनालले यो मुद्दा चलाएको जिकिर समेत उनले गरे । कानून व्यवसायी थापाले अदालत परिसरमा एसएसपी खनाल आएको बिषयलाई समेत गंभिर रुपमा लिए । 

बहसको क्रममा थापाले भने, ‘हिजो सर्बेन्द्र खनाल अदालतमा आएको मैले देखेको थिई उ याँहा किन आयोे भन्दै ईजलाससँग प्रश्न गरे ।’ यस बिषयमा नेपाल बार एसोशियसनका महासचिव सुनिलकुमार पोखरेलले अनसुन्धान कर्ता प्रहरी अदालतमा आउनु कुनै बहस बिषय हुन नसक्ने  बताए । अदालतले प्रमाण हेर्ने हो र त्यसकै आधारमा मुद्दाको फैसाला गर्ने हो ।

 उनले थपे को आयो को गयो भन्ने बिषय बहस हुन सक्दैन । बहसमा साथीहरुले यस्ता कुरा उठाउनु भनेको अदालत र प्रमाणलाई बिश्वास गर्न नसक्नु हो । यस बिषयमा महानगरीय प्रहरी अपराध महाशाखाका एसएसपी सर्बेन्द्र खनालले फैजदारी अपराधमा संलग्नलाई पक्राउ गरेर अनसुन्धान गर्दै अभियोेजनलाई सहयोग पुर्याउने काम प्रहरीको हो । 

अदालतले प्रमाणको आधारमा मुद्दाको फैसाला गर्ने हो, एसएसपी खनाले भने । कानून व्यवसायीले बहसको क्रममा ईजलासको अगाडी के बोल्नु हुन्छ के बोल्नु हुँदैन उहाँहरुलाई नै थाहा होला यस बिषयमा आफ्नो कुनै कमेन्ट नभएको उनले बताए । 

Post a Comment

0 Comments