Subscribe Us

खुङखार लुटेराका नाईके पक्राउ गर्ने सई खनाल सम्मानीत

खुङखार लुटेराका नाईके पक्राउ गर्ने सफल प्रहरी नायब निरक्षक (सई) अजय खनाल सम्मानीत भएका छन् । कर्तब्य ज्यान, डाँका लगायत आधा दर्जन मुद्दामा फरार रहेका काभ्रेका ज्ञानु दोङलाई पक्राउ गर्न सफल सई खनाललाई ललितपूर परिसरले सोमवार सम्मान गरेको हो । 

पाँच बर्ष देखी हुलिया परिर्बतन गरी फरार रहेका ज्ञानुलाई सई अजय खनाललेको टोलीले दुई साता अगाडी बौंद्धबाट पक्राउ गरेका थिए । परिसरले सई खनालसहित २ जना सिपाहीलाई सोमवार सम्मान गरेको हो । 

सम्मान कार्यक्रममा ललितपुर प्रहरी प्रमुख एसएसपी पीताम्बर अधिकारीले जिल्लामा शान्ति सुरक्षा कायम गर्ने सवालमा कसैसँग नझुक्न प्रहरी अधिकृत तथा जवानहरुलाई निर्देशनसमेत दिएका थिए । जनताको सुरक्षा गर्न प्रहरी सदैव तयार रहेको भन्दै एसएसपी अधिकारीले गुन्डागर्दी निर्मुल पार्न प्रहरीले विशेष अभियान चलाइरहेको बताए । सम्मानले प्रहरी अधिकृत तथा जवानहरुमा काम गर्न प्रोत्साहन मिल्ने अधिकारीले बताए ।

Post a Comment

0 Comments