Subscribe Us

ईन्धन ठगीका गिरोहमाथी अदालत बन्योे कठोर,
नियतबस जनता ठग्नेलाई जेलमा राख्न अदालतको आदेश

काठमाडौं । पेट्रोल पम्पसँग मिलेर उपभोक्तालाई ठगी गरेको आरोपमा नेपाल आयल निगम थानकोट डिपोका प्रमुख रबिन शर्मा र नाप तौल तथा गुणस्तर विभागका पूर्व महाप्रबन्धक तथा सहसचिव रामआधार साहलगाएत ढेड दर्जन व्यवसायी थुनामा पुगेका छन् । जिल्ला अदालत काठमाडौं र ललितपूरले मुद्दाकोे पुर्पक्ष गर्दै उनिहरुलाई बिहीवार थुनामा राख्न आदेश दिएको हो । 

आदेश सँगै उनिहरुलाई कन्द्रिय कारागार र नख्खु कारागार चलान गरिएको अदालतले जनाएको छ । सहसचिव रामआधार साह र थानकोट डिपोका रबिनकुमार शर्मा समेत जेल चलान भएका छन् । शर्माको मुद्दा जिल्ला अदालत काठमाडौं र साहको मुद्दा ललितपूर जिल्ला अदालतमा चलेको थियो । 

महानगरीय प्रहरी अपराध महाशाखा टेकुले शर्मा र साहलाई दुई साता अगाडी पक्राउ गरेको थियो । पक्राउ परेका शर्मामाथी पेट्रोल पम्पहरुसँग मिलेर उपभोक्ता ठगी गरेको, ईन्धन कम उपलब्ध गराई ठगी तथा कालोबजारी गरेको अभियोग लागेको छ । भने साहालाई पम्पहरुमा रिमोट फिट गर्न लगाई ठगी गरेको अभियोग छ । उपत्यकाका १९ वटा पम्पहरुमा साहको योजनामा रिमोट फिट गरेको अनुसन्धानबाट खुलासा भएको थियो ।

भारतको विहारबाट मिस्त्री बोलाएर उपत्यकाका पम्पहरुमा रिमोर्ट जडान गर्न लगाउने मुख्य नाइके साह रहेको अनुसन्धानबाट खुलेको छ । डिजीटल पम्पमा जडित उक्त रिमोट सिस्टमको यन्त्रले १०० लिटर तेल झार्दा २ देखि ५ लिटर कम तेल झार्ने सिस्टम फिट गरेको अबस्थामा उपत्यकका दुई दर्जन पम्पमा महाशाखाले छापा मारेको थियो । 
पक्राउ परेका भारतीय मिस्त्रीमा बिहार मोतीहारीका ४४ वर्षीय नसिम सिद्दिकी, गोरखपुरका अयोब आलम र मोतीहारीकै मिन्टू भन्ने हमिद हुसेन र बिहार मोतीहारीकै मोहम्मद अबरारले पूर्व महाप्रबन्धक साहको सेटिङमा रिमोट फिट गरेको बयान दिएपछि उनि फन्दामा परेका थिए । रिमोट र चिप्स फिट गर्ने चार जना मिस्त्रीपनि मुद्दा पुर्पक्षको लागी जेल चलान भएका छन् । 

मिस्त्रीकै बयानको आधारमा महाशाखाले पम्ममा छापा मारेर उपभोक्ता ठगी गरेको प्रमाण हात लगाएको थियो ।  जसमा पम्म सञ्चालक देखी डिपो प्रमुखसम्म तानिएका थिए । उनिहरुलाई लागेको अभियोग पुष्टि भएमा पाँच बर्षसम्म कैद हुने कानूनी व्यवस्था छ ।  

Post a Comment

0 Comments