Subscribe Us

दरबारमार्गमा चक्रे आउँदा मनाङ्गे झस्के

काठमाडौं । महानगरीय प्रहरी अपराध महाशाखा र महानगरीय प्रहरी परिसर टेकुले गुण्डागर्दीमा संलग्न नाइकेहरुलाई निगरानीमा राखिरहेका बेला डन मिलन गुरुङ ‘चक्रे’ भने खुलमखुला हिंडिरहेका छन् । 
मंगलबार उनी दरबारमार्ग प्रहरी चौकीसँगै रहेको नाइकको शोरुममा दलबलसहित पुगेका थिए   । चक्रेले त्यहाँ आधा घण्टा विताएर फर्केका थिए । झण्डै एक दर्जन गुण्डासहित चक्रे नाइकको शोरुमबाट फर्कदा बटुवाहरु उनलाई हेरिरहेका थिए ।
 चक्रेको आधार क्षेत्र महाराजगञ्ज भए पनि अर्का डन दीपक मनाङ्गेको क्षेत्र मानिने दरबारमार्गमा रवाफ देखाउन उनी त्यहाँ पुगेको स्रोत बताउँछ । डन कुमार श्रेष्ठ ‘घैंटे’ प्रहरीको इन्काउन्टरमा मारिएपछि राजधानीका डनहरु मात्र होइन टोले गुण्डाहरुको समेत भागाभाग भएको थियो ।
 घैंटे मारिएकै दिन चक्रेले कुरिनटारमा रहेको एक रिसोर्टबाट ‘फिलिङ रिफ्रेस’भन्दै फेसबुकमा तस्वीर अपलोड गरेका थिए । गुण्डागर्दीमा नामुद मानिने चक्रे अन्य डनहरुको तुलनामा काठमाडौंमै बसेर आफ्नो राज चलाइरहेका छन् । यतिसम्मकी चक्रेका ड्राइभर मिलन लामासमेत उनको रवाफ देखाउँदै हिड्छन् ।चक्रेका प्रतिस्पर्धी मनाङ्गे भित्रभित्रै असुली धन्दाका साथसाथै कहिले मनाङ त कहिले रसुवा र खासाको बोडर तातोपानीमा बसेर व्यापार व्यवसाय गरिरहेका छन् ।
पछिल्लो समय रसुवा नाका सुचारु भएसँगै  मनाङ्गे र चक्रेको गुण्डागर्दी नुवाकोट र रसुवामा हुन थालेको छ । जिल्लामा संगडीत भई उनिहरुकोे भिन्ना भिन्नै समुहले असुली धन्दालाई चर्काउन थालेका छन् । तस्करीका समानहरुमा यि गुण्डाको समुहले भाग लिन थालेको स्रोतको दाबी छ । 

Post a Comment

0 Comments