Subscribe Us

, कुबेर मर्चेन्ट फाइनान्सका प्रमुख पक्राउ

काठमाडौं । कुबेर मर्चेन्ट फाइनान्स लिमिटेड ज्ञानेश्वरका तत्कालिन प्रमुख तथा कार्यकारी अधिकृत कमलनाथ सुवेदीलाई प्रहरीले पक्राउ गरेको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआईबी) ले सुबेदीलाई पक्राउ गरेको हो । 

 धितोमा रहेको घरजग्गा बिक्री गर्दा ऋणीसँगको मिलेमतोमा ६८ लाख रुपैयाँ हिनामिना गरी संस्थालाई हानी पुर्‍याएको अभियोेग सुवेदीमाथी लागेको छ । उनलाई बुधबार ज्ञानेश्वरबाटै पक्राउ गरीएकोे व्यूरोले जनाएको छ । उनीमाथि बैंकिङ कसूर तथा सजाय ऐन २०६४ बमोजिम अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

Post a Comment

0 Comments