Subscribe Us

मितको ज्याकेटले प्रहरी खोरमा

काठमाडौं । एयर इन्डियाकोे उडानद्धारा दुबई जान लागेका एक व्यक्तिलाई प्रहरीले दुई राउण्ड गोलीसहित पक्राउ गरेको छ । पाँचथर रवि–५ घर भएका ३१ वर्षीय प्रशाद रैका मगरलाई प्रहरीले ईन्सास राइफलमा लाग्ने जस्तो देखिने २ राउण्ड गोली सहित आईतवार पक्राउ गरेको हो ।  

एयर इन्डियाको २६१ नम्बरको उडानद्वारा मगर दिल्ली हुँदै दुबई जान लागेका थिए । उनलाई अन्तराष्ट्रिय बिमानस्थलमा  चेकजाँचको क्रममा उनले लगाएको ज्याकेटको भित्री खल्तीबाट उक्त गोली बरामद भएको थियो । 

मगरले उक्त गोलीबारे आफूलाई केही थाहा नभएको तर गोली बरामत भएको ज्याकेट नेपाली सेनामा कार्यरत आफ्नो मितको भएको दाबी गरेका छन् । मगरले उनकोे मितकोे नाम ईलामका सुनिल कार्कि बताए र ईटहरीमा कार्यरत रहेको बयान दिएकोे महानगरीय प्रहरी अपराध महाशाखाका एसपी सहकुल थापाले बताए । सुनिल कार्की नेपाली सेनामा कार्यरत हो वा होईन तथा उक्त अबैध गोली र मगरमाथी आवश्यक अनुसन्धान तथा कारवाहीको जारी रहेको एसपी थापाले बताए ।  

Post a Comment

0 Comments