Subscribe Us

एसएसपी खनाल प्रेरणाकोे स्रोत हुनः महानायक हमाल

काठमाडौं ।महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी सर्बेन्द्र खनाललाई महानायक राजेश हमालले सम्मान गरेका छन् ।  एसएसपी खनालको जहाँ पोस्टिङ हुन्छ, त्यहा आपराधिक क्रियाकलापको नियन्त्रणमा उनको प्रशंसा सुनेको  र देखेको भन्दै महानायक हमालले एसएसपी खनाललाई सम्मान गरेका हुन । 

कार्यक्रममा हमालले खनाल प्रेरणाको स्रोत रहेकोसमेत बताए ।  राजधानीमा शान्ति सुरक्षा कायम राख्न  महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै कपुरधारा टोल सुधार समितिले एसएसपी खनालाई आईतवार सम्मान कार्यक्रमको आयोजना गरेको थियो । । काठमाडौंको कपुरधारा प्रहरी बिटको छैठौं बार्षिकोत्सव तथा चियापान कार्यक्रममा खनाललाई सम्मान गरिएको हो । 

कार्यक्रममा एसएसपी खनाललाई महानायक हमाल स्वमले सम्मान गरेका थिए ।  एसएसपी खनालले समाजमा शान्ति सुरक्षा कायम गर्न प्रहरी संगठन सक्षम रहेको भन्दै जनतासँग मिलेर काम गर्ने बताए । जनतालाई शान्ति सुरक्षाको अनुभूति दिलाउनु प्रहरीको पहिलो कर्तव्य भएकाले आफू त्यसमा प्रतिबद्ध रहेको खनालले जनाए । 

महानगरीय प्रहरी अपराध महाशाखाका प्रमुख रहेका खनालले गुण्डागर्दी नियन्त्रण,पेट्रोल पम्पमा हुँदै आएको संथागत ठगी ,म्याच फिक्सिङको जरो उखेल्ने देखि एजुकेशन  कन्सलटेन्सीमा हुँदै आइरहेको बिकृतिबिरुद्द अपरेशन चलाएर पछिल्लो समय चर्चा कमाएका छन् । 

Post a Comment

0 Comments