Subscribe Us

अन्डरवल्ड डन दाउदको गाडी र होटल लिलाममा

मुम्बाई । भारत सरकारले अन्डरवल्र्ड डन दाउद इब्राहिमको सम्पत्ति लिलामीमा राखिएको छ । उनको मुम्बईमा रहेको होटल, कार र अन्य सामाग्री लिलामीमा राखिएे को हो । दाउदकोे सम्पत्ती किन्नका लागि बोली लगाउनेको संख्या बढेको छ ।

लिलाममा राखिएिकोे मध्य उनको कार ३ लाख २० हजार भारुमा बिक्री भएको छ । त्यस्तै उनको होटलको मूल्य १ करोड ९० लाख भारु राखिएको छ । तर यस होटलका लागि ४ करोड २८ लाखसम्मको बोली लगाउन मानिसहरु तयार छन् ।

लिलामीका लागि साँझ ५ बजेसम्म मानिसहरुले आफ्नो दाबी पेश गर्न सक्नेछन् । मुम्बईको नागपाडामा रहेको दाउदको होटल दिल्ली जायका निकै सानो छ । यो होटल पुरानो समेत भइसकेको छ । तर यो क्षेत्र व्यापारिक रुपमा निकै चहल पहल हुने क्षेत्र भएका कारण होटलका लागि करोडौँ तिर्न व्यवसायिहरु आतूर छन् ।

८० को दशकमा प्रहरीले निशानामा राखेपछि दाउद यही होटलमा लुकेका थिए । यो होटल दाउदको कालो कमाईको एउटा हिस्सा रहेको बताइएको छ ।

Post a Comment

0 Comments