Subscribe Us

१४० जना कैदीबन्दी फरार

सिन्धुपाल्चोक । गत वैशाख १२ गते गएकोे विनाशकारी भूकम्पको मौका छोपी फरार भएका सिन्धुपाल्चोक जिल्ला कारागारका २१६ कैदीमध्ये ७६ जना मात्र सम्र्पकमा आएका छन् ।

 भूकम्पको कारण कारागार भग्नाबेसमा परिणत भएपछि सबै कैदीबन्दी फरार भएका थिए । जिल्ला कारागारमा २१६ जना कैदीबन्दी रहेको र जसमा १९६ जना पुरुष थिए भने २० जना महिला थिए ।  

फरार भएका दुईसय १६ जना मध्ये बिहीबारसम्म ७६ जना मात्र सम्पर्कमा आएको कारागारका प्रमुख बलराम आछेथुले जानकारी दिएका छन ।  सम्पर्कमा आएका ७६ जनामध्ये कतिपयलाई प्रहरीले पक्राउ गरी ल्याएका थिए भने कतिपय आफैँ सम्पर्कमा आएका थिए । जसमा ७० पुरुष कैदीबन्दी र सातजना महिला कैदीबन्दी सम्पर्कमा आएको जिल्ला कारागारले जनाएको छ । विनाशकारी भूकम्प गएको सात महिना बितिसक्दा पनि १४० जना कैदीबन्दी अझै फरार छन् । कारागारले पटकपटक सूचना प्रकाशित गर्दा पनि उनीहरू सम्पर्कमा आएका छैनन् ।

विनाशकारी भूकम्पले कारागार पूर्णरूपमा ध्वस्त भएको थियो । तत्काल निर्माण सम्भव नभएको र पक्राउ परेका कैदीलाई राख्ने ठाउँ नभएकाले तत्काल आठदेखि दश जनालाई जिल्ला प्रहरी कार्यालयमा र विभागको आदेशअनुसार विभिन्न जिल्लामा पठाउने गरेको विभागका प्रमुख आछेथुले बताए । फरार कैदीबन्दी मध्य कतिपय चाईनीज समेत छन् ।
 स्रोतका अनुसार उनिहरु तातोपानी नाका हुँदै खासा पसिसकेको हुँदा पक्राउ पर्ने तथा सम्पर्कमा आउने संभाबन कम छ । अबैध सुनको कारोबारी, बन्यजन्तु, अबैध मुद्राको कारोबारी उक्त कारागारमा थिए । 
–––––––

Post a Comment

0 Comments