Subscribe Us

कालो बजारी बिरुद्ध आक्रमक बन्दै एसएसपी थापा,
केएल दुगड पहिलो निशाना

काठमाडौं ।  केही महिनादेखि जारी अघोषित नाकाबन्दीको मौकामा दैनिक उपभोग्य वस्तु तथा पेट्रोलियम पदार्थको कालोबजारी बढेको जनगुनासो बढ्दै गएपछि कालोबजारीविरुद्ध काठमाडौं प्रहरीले आक्रामक नीति लिएको छ ।

 महानगरीय प्रहरीपरिसरका प्रमुख एसएसपी विक्रम सिंह थापाको विशेष निर्देशनमा काठमाडौं प्रहरीले कालोबजारी नियन्त्रणमा कठोर नीति अंगीकार गर्दै संलग्नहरुलार्ई कानुनी कारबाहीको दायरामा ल्याउन व्यापक रुपमा प्रहरी परिचालन गरेको छ । 

करिब दुई महिनाअगाडि काठमाडौं प्रहरी प्रमुखमा सरुवा भएका एसएसपी थापाले अघोषित नाकाबन्दीको मौकामा खाद्य सामग्रीहरुको कृत्रिम अभाव सिर्जना गरी चर्को मूल्यमा बेचबिखन गर्ने ठूला व्यापारिक घरानाहरुलाई पहिलो निशाना बनाएका छन् । सोही क्रममा एसएसपी थापाले खानेतेलमा अत्यधिक मूल्यको ट्याग लगाएर कालोबजारीलाई प्रश्रय दिँदै आइरहेको शक्तिशाली व्यापारिक घरानाको रुपमा परिचित केएल दुगड ग्रुपलाई पहिलो निशाना बनाएका छन् । 

खानेतेलमा कृत्रिम अभाव सृजना गरी कालोबजारी गर्ने के.एल दुगड ग्रुपको काठमाडौंको जडीबुटीस्थित बिक्री स्थलमा महानगरीय प्रहरीपरिसर काठमाडौं तथा महानगरीय प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले प्रहरी वृत्त बानेश्वरको संयुक्त टोलीले छापा मारेर केएल दुगडबाट उत्पादित विभिन्न ब्राण्डका करिब डेढ लाख लिटर खानेतेलसहित दुई जनालार्ई पक्राउ गरेर अनुसन्धान सुरु गरेको छ । 

एसएसपी थापाको विशेष निर्देशनमा महानगरीय प्रहरी वृत्त नयाँबानेश्वरका प्रमुख डीएसपी दान बहादुर कार्की नेतृत्वको प्रहरी टोलीले उक्त के.एल दुगड उत्पादक तथा बिक्री शाखाका डिपो इन्चार्ज अमन जैन र प्रबन्धक प्रमोदराज अधिकारीलार्ई पक्राउ गरेको हो । बरामद भएको करिब डेढ लाख लिटर तेल अन्यत्र स्थानमा सुरक्षित राख्न स्थान अभावको कारण सोही डिलर कम्पनीको स्टोर र ना५ख ३४५३ नं. को ट्रकमा सिलबन्दी गरेको काठमाडौं प्रहरीका प्रवक्ता एसपी विश्वराज पोखरेलले जानकारी दिए ।   

प्रहरीले पक्राउ परेका जैन र अधिकारीलाई कालोबजार तथा केही सामाजिक अपराध र सजाय ऐन २०३२  काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरेर अनुसन्धान सुरु गरेको र फरार रहेका उक्त तेल उत्पादक कम्पनीका सञ्चालकहरु किसनलाल दुगड तथा म्यानेजिङ डाइरेक्टर नरेश दुगडको नाममा मुद्दा दर्ता गरेर पक्राउ पुर्जी जारी गरेको समेत एसपी पोखरेलले जानकारी दिए ।

 सञ्चालकहरु नरेश र किशनलाल दुगडले धारा लगायत विभिन्न ब्राण्डका खानेतेललार्ई बजारको विषम अवस्थाको फाइदा उठाई बजारमा कृत्रिम अभाव सृजना गरी स्टक राखेर बजार दरभाउभन्दा अधिकतम मूल्य अंकित लेबल लगाएर अनुचित नाफा लिई बजारमा बिक्रीवितरण गर्ने नियतले स्टोर गरेको भेटिएको प्रहरीले जनाएको छ ।

 विभिन्न ब्राण्डको तेलहरु
सि.नं. तेलको किसिम कार्टुन÷जर्किन प्रतिकार्टुन लि.÷कि. जम्मा लि.÷कि. अंकित मूल्य
सनफ्लावर तेल ६७१० का. १० लि. ६७१०० लि. प्रति लि.रु२७५।–
सनफ्ला तेल ७९६ जर्किन ५ लिटर ३९८० लि. प्रतिजर्किन रु१५२०।–
आमा तोरीको तेल १२८७ का. १० लि. १२८७० लि. प्रति लि.रु३००।–
ज्ञान तोरीको तेल ८११ का. १० लि. ८११० लि. प्रति लि.रु२४५।
धारा हेल्थ सनफ्लावर १९९ का. १० लि. १९९० लि. प्रति लि.रु२८०।
धारा तोरीको तेल २३०४ का. १० लि. २३०४० लि. प्रति लि.रु३००।
स्वस्तिक सोयविन तेल ६१० जर्किन १५ लि. ९१५० लि. प्रतिजर्किन रु३९००।–
सोयफ्लो सोयविन तेल ४३५ जर्किन २० लि. ८७०० लि. प्रतिजर्किन रु५५००।
संगम पामोलिन तेल ३९ का. १० लि. ३९० लि. प्रति लि.रु२१६।–
१० धारा तोरीको तेल १२४ जर्किन ५ लि. ६२० लि. प्रतिजर्किन रु १४२५।–
११ स्वस्तिक घ्यू ४०० जार(ध्याम्पो) १५ कि. ६००० कि. प्रतिजार रु३३००।–

Post a Comment

0 Comments