Subscribe Us

कार्कीकोे घरमा भेटियो डीएसपीको पेस्तोल

काठमाडौं । चाल्नाखेलमा हराएको डीएसपीको पेस्तोल २४ घण्टापछि एक युवकको घरबाट बरामत भएको छ । 

चाल्नाखेलस्थित  एभरेष्ट ग्याँसको रिफिलिङ सेन्टरमा ग्यास वितरणको बिषयलाई लिएर स्थानीयबासी र प्रहरीबीच झडब हुँदा महानगरीय प्रहरी वृत्त किर्तिपुरका डिएसपी टिकाबहादुर केसीको सात राउण्ड गोली लोड भएको पेस्तोल हराएको थियो ।

झडबमा हराएको सञ्चार सेट केही घण्टामा फेला परेपनि पेस्तोल भने बुधवारमात्र फेला परेको प्रहरीले जनाएको छ । 
प्रहरीले हतियार लुकाउने विकेश कार्कीलाई पनि पक्राउ गरी आबश्यक अनुसन्धान अघि बढाएको जनाएको छ । कार्कीले उक्त पेस्तोल खोलामा भेटेको बयान प्रहरीलाई दिएका  छन् ।

Post a Comment

0 Comments