Subscribe Us

पागल प्रेमीलाई दश बर्ष कैद

काठमाडौं । एसिड प्रहार गर्ने जीवन बिकलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष जेल सजायको फैसाला सुनाएकोे छ । 

दुई किशोरीमाथि एसिड प्रहार गरी ज्यानलिने प्रयास गरेको अभियोग बिकमाथी लागेको थियो । उक्त अभियोगको माथी सुनवाई गर्दै जिल्ला अदालतले बुधवार बिकलाई १० बर्षको सजाई गरेको हो । 

एसिड प्रहार गरी ज्यान मार्न खोजेको ठहर गर्दै जिल्ला न्यायधीश हरिप्रताप केसीको इजलासले १० वर्ष कैद सजायको फैसाला गरेको हो  १० फागुणमा ट्युसन पढ्न गएका दुई छात्रामाथि उनले एसिड प्रहार गरी फरार भएका थिए । घटनामा सिमा बस्नेत र संगीता पुलामीमगर गम्भिर घाइते भएका थिए ।

 प्रेममा धोखा दिएको र आफ्नो परिवालाई गरेको अपमानको बदला लिन संगितामाथी एसिड प्रहार गरेको बयान उनले पक्राउ पछि प्रहरीलाई दिएका थिए । राजधानीमा टोखामा बस्दै आएका जीवन बिक घटनाको २६ दिनपछि पक्राउ परेका थिए ।

Post a Comment

0 Comments