Subscribe Us

टेबुलटेनिस संघका महासचिव सिंहले खेलाडीलाई यसरी ठगे

काठमाडौं । अखिल नेपाल टेबुलटेनिस संघका पदाधिकारीले खेलाडीको नाममा पैसा उठाएर आर्थिक हिनामिना गरेको भन्दै राष्ट्रिय खेलकुद परिषद्मा उजुरी पुगेको छ । संघका महासचिव कुबेरप्रकाश सिंहमाथि खेलाडीहरुबाट नै लाखौं रुपैया उठाएर ठगी गरेको आरोप लागेको छ । अन्तर्राष्ट्रिय खेलका लागि कोरिया जाने खेलाडीबाट उनले बिभिन्न बहानामा लाखौं रुपैंयाँ ठगी गरेका हुन ।

गत ३ जुलाईमा कोरियामा भएको युनिभर्सिटी गेममा नेपालको तर्फबाट जाने खेलाडीलाई कोरिया सरकारले भूकम्प पीडित भन्दै भिषा शुल्क र टिकट निशुल्क गरिदिएको थियो । तर, महासचिव सिंहले त्यसको फाइदा उठाउँदै  प्रति खेलाडी एक लाखको दरले पैसा असुलेको पीडित खेलाडीले बताएका छन् । खेलाडीहरुमध्यबाट नै सिंहले प्रशिक्षक र व्यवस्थापक भन्दै आफू निकटलाई पनि कोरिया लैजान सफल भएका थिए ।कोरिया पुगेका खेलाडी १५ दिन पछि नेपाल फर्कीएका थिए ।

पछिल्लो समय महासचिव सिंहले टेबुलटेनिस संघलाई गुण्डागर्दी तरिकाले चलाउन थालेको भन्दै अन्य सदस्यले बिरोधसमेत गर्न थालेका छन् । सिंहमाथि लाखौं रुपैया आर्थिक अनिमियता गरेको आरोप समेत लागेको छ । गत बर्ष धनगढीमा भएको ३५ औं राष्ट्रिय खेलमा समेत महासचिव सिंहले लाखौं रुपैंयाँ हिनामिना गरेको आरोप लागेको छ । संघका अध्यक्ष चतुर राणा भएपनि महासचिव सिंहले संघमा आफ्नो एकलौटी ढंगले सञ्चालन गर्दै आएका छन् । उनले अध्यक्षलाई समेत धम्क्याउने गरेको स्रोत बताउँछ । महासचिव सिंहको हर्कतलाई राष्ट्रिय खेलकुद परिषद्लेसमेत गंभिर रुपले हेरिरहेको छ । खेलाडीबाट पैसा असुलेको बिषयमा परिषद्ले छानबिन थालेको स्रोत बताउछ । 

Post a Comment

0 Comments