Subscribe Us

न्याय नपाएको चेलीको गुनासो,
दलालको सेटिङमा रामबहादुरलाई उनमुक्ति

काठमाडौं । चेलीबेटी बेचबिखमा संगल्न सिन्धुपाल्चोकका रामबहादुर तमाङलाई प्रहरीले संरक्षण दिएको आरोप लागेको छ । आफू बेचिएको दाबी गर्ने सिन्धुपाल्चोकै मायाँ लामाले उक्त आरोप लगाएकी हुन । ०५२ सालमा आफुलाई रामबहादुरले रोजगार दिलाईदिने प्रलोभनमा भारत लगेर बेचेको दाबी उनले गरेकी छिन । बेचिएकी उनि ०५५ मा त्याहाबाट भागेर नेपाल फर्किएको भनाई उनको छ ।

 आफूलाई नेपाल आउने बित्तिकै रामबहादुरको समुहले ज्यानमार्ने धम्कि दिएको कारण उजुर बाजुर गर्न नपाएको गुनासो पीडित दाबी गर्ने मायाँको छ । १६ बर्षपछि हिम्मत जुटाएर प्रहरीमा पुगेकी उनले न्याय नपाएको गुनासो गरेकी छिन । गत साता मायाँ लामा रामबाहादुर बिरुद्ध उजुरी लिएर महानगरीय प्रहरी बृत्त बौंद्धमा पुगेकी थिईन् ।

 चेलीबिटी बेचबिखन बिरुद्ध उजुरी आएपछि बौंद्ध प्रहरीले रामबहादुरलाई पक्राउ गरी अनुसन्धान सुरु गर्दा व्यक्तिगत रिसिबीकोे कारण जाहेरी दिएको देखिएको बृत्तका डीएसपी नरहरी रेग्मीले बताए । उनले भने, ‘गएको दशैपनि उनिहरुबिच कुटपिट भएको रैछ सो मुद्दा जिल्ला अदालत सिन्धुपाल्चोकमा चलेको छ ।’ प्रारम्भिक अनुसन्धानको क्रममा व्यक्ति गत रिसिबि साँधेर जाहेरी आएको जस्तो दखिएको हुँदा रामबहादुरलाई तारेखमा राखेर थप अनुसन्धान भईरहेको डीएसपी रेग्मीले बताए । उता प्रहरीबाट न्याय नपाएको पीडित दाबी गर्ने  मायाँ लामा माईती नेपाल गुहार्न पुगेपछि अतालिएका रामबहादुरले केश मिलाउँने भन्दै ६ लाख दलाललाई दिएपछि उनिमाथी थप शंका उब्जिएको छ । 

रामबहादुरले काँही कतै उजुर बाजुर नर्गनु भन्दै दलाल  नोरसाङ लामालाई ६ लाख दिएकोे बौद्ध प्रहरीमा चर्चा चलेको छ । तर मायाँ लामाले उक्त पैसा नलिए माईती नेपाल गुहारेपछि यो कुरा बाहिर आएको हो । उता मायाँ लामाले गएको दशैमा रामबहादुरसँग कुनै झै–झगडा नभएको बताएकी छिन् । बैंद्ध चौकीमा दलाली गर्दै आएका श्री लामाको सेटिङमा रामबहादुर रिहा भएको आरोप पिडीत महिला पक्षले लगाएका छन् । बौंद्ध क्षेत्रमा दुई नम्बरी धन्दामा सक्रिय केही अपराधीलाई लामाले प्रहरी समक्ष सेटिङ मिलाएर छुटाउने गरेको आरोप लाग्दै आएको छ । 

कुख्यात चोर जिमी लामाको समुहलाई समेत लामाले सहयोग गर्दै आएको बौद्ध बृत्तका प्रहरी नै बताउँछन् । जिमीलाई उपत्यकाकोे खुङखार चोरको रुपमा महानगरीय अपराध महाशाखा टेकुले राखेको छ । चोर जिमी हालपनि चोरीको अभियोगमा भक्तपूर प्रहरीको हिरासतमा छन् भने जिल्ला अदालतमा उनि बिरुद्ध एक दर्जन चोरीका मुद्दा बिचारधिन अबस्थामा छ । 

Post a Comment

0 Comments