Subscribe Us

विवादको थुप्रोमा कामु सशस्त्र आइजी !,
आन्दोलनका घाइते र पीडितको अपमान

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले छानविनको तयारीमा राखेका सशस्त्र प्रहरीका अतिरिक्त महानिरिक्षक दुर्जकुमार राईलाई सरकारले कायम मुकायम महानिरिक्षकको जिम्मेबारी दिएपछि विवाद चुलिएको छ ।

संगठनमा लामो समय काम गरेपनि उनका दर्जनौ विवादहरु सार्वजनिक भएका छन् ।

 ०६२÷६३ को जनआन्दोलन दबाउनका लागि सक्रिय रहेका उनलाई दोषी ठहर गरिएको थियो । तर, सरकारले जनआन्दोलनको वेवास्ता गर्दै उनलाई कायम मुकायम महानिरिक्षकको जिम्मेबारी दिएपछि आन्दोलनका घाइते र पीडितको अपमान भएको बताइन्छ । 

उता, आन्दोलनका दोषीमात्र नभएर राईको नागरिकता विवाद पनि बाहिर आएको छ । नागरिकतासहित उनको उमेरमा पनि विवाद देखिएको छ । सशस्त्र प्रहरी बलको रेकर्डमा नै दुर्जकुमार राईको नागरिकता विवाद छ । भोजपुर जिल्लामा जन्मिएका राईको नागरिकता प्रतिलिपि काठमाडौंबाट गरिएको थियो । 



भोजपुरमा बनाइएको नागरिकतामा दुर्जधन वान्तवा राईका नाममा नागरिकता लिएका उनले काठमाडौंबाट दुर्जकुमार राईको नाममा प्रतिलिपि बनाएका थिए । 

त्यसो त एसएलसीको प्रमाणपत्रमा समेत उनको उमेर विवाद भएपछि सशस्त्र प्रहरीले परिक्षा नियन्त्रण कार्यालयसँग जवाफ मागेको थियो । 

तर, परिक्षा नियन्त्रण कार्यालयले भने दुर्जकुमार राईको उमेर केरमेट भएको भनी सशस्त्र प्रहरीमा पत्राचार गरेको थियो ।  

Post a Comment

0 Comments