Subscribe Us

नक्कली भिषा बनाएर युवतीको तस्करी गर्ने गणेश र लाछा प्रहरीको खोजीमा

काठमाडौं । दलालले नेपाली युवतीलाई नक्कली भिषा बनाएर तस्करी गर्न थालेको रहस्य खुलासा भएकोे छ ।  

नक्कली भिसा बनाएर श्रीलंका हुँदै खाडी मुलुकमा  जान खोज्ने चार नेपाली युवती भारतको इन्दिरा गान्धी अन्तराष्ट्रिय विमानस्थलबाट पक्राउ परेपछि यो कुराको रहस्य खुलेको हो । 

पक्राउ परेका महिलालाई दलालले काठमाडौंबाट दिल्ली हुँदै कोलम्बो र त्यहाँबाट दुवइ र अन्य पूर्वी एसियाली देश लैजान खोजेको प्रहरीको अनसुन्धानबाट खुलासा भएको छ । भारतिय प्रहरीले उनीहरुको एजेन्टको पहिचानसमेत गरेको जनाएको छ । 

भारतिय विमानस्थलका कर्मचारीको भूमिकामाथि समेत आशंका गरिएको टाइम्स अफ इण्डियाले जनाएको छ । यो रुट प्रयोग गरेर खाडी मुलुक जान खोज्ने ३० भन्दा बढी नेपाली महिलालाई पछिल्ला छ महिनामा भारतिय प्रहरी पक्राउ गरिसकेको छ । 

पक्राउ परेका महिलाहरु १९, २२, २७ र ३७ वर्षको रहेको प्रहरीले जनाएको छ । भारतीय अध्यागमनका कर्मचारीले उनीहरुको भिसा नक्कली भएको थाहा पाएपछि सेन्ट्रल औद्योगिक सुरक्षा बल सीआईएसएफलाई खबर गरेका थिए ।

उनीहरुले चार नेपाली महिलालाई पक्राउ गरेर दिल्ली पुलिसलाई बुझाएको छ । पक्राउ परेका महिलाहरुले आफूहरुको भिसा नेपालका गणेश र लाछाले बनाइदिएको बताएको दिल्ली प्रहरीका आईजीआई दिनेश गुप्ताले जानकारी दिएका छन् । 

Post a Comment

0 Comments