Subscribe Us

मिटर व्याजमा पैसा लगानी गर्ने गायिका शाहा प्रहरी खोरमा,
को हुन जुवाडे काफ्ले

काठमाडौं । क्यासिनोको लतमा फसेका नामुद जुवाडे सन्दिपराज काफ्लेलाई मिटर व्याजमा पैसा लगानी गर्ने गायिका रेखा शाहा प्रहरीको खोरमा पुगेकी छिन 

। पैसा असुल्न काफ्लेको बाबु सुवासराज काफ्लेलाई धम्क्याएपछि उनलाई महानगरीय प्रहरी परिसर काठमाडौंले हिरासतमा लिएको हो । 

शाहा सँगै उनको श्रीमान ईन्द्र गुरूङ्लाई पनि हिरासतमा लिई सार्बजनिक अपराधको मुद्दामा अनसुन्धान सुरु गरिएको परिसरका डिएसपी दिनेश आर्चायले बताए । 

‘सिमसिमे पानीमा‘’ बोलको गीत गाएर चर्चामा आएकी गायिका शाहले जुवाडे काफ्लेलाई ११ लाख रुपैंया मिटर व्याजमा लगानी लगाई एक बर्षको अबधिमा एक करोड ४६ लाख असुल्न बाबु सुवासराजलाई समेत धम्क्याउने थालेपछि पक्राउ गरिएको परिसर प्रमुख एसएसपी बिक्रमसिंह थापाले बताए । 

११ लाखको एक करोड ४६ लाख लिने गरी गायिका शाहा र उनकोे श्रीमानले पटक पटक गरी काफ्लेलाई कागज गराउने र चेक कटाउने गर्दै आएकोे एसएसपी थापाले बताए । जुवाडे संन्दिप सम्र्पकमा नआएपछि गायिका शाहाले श्रीमान र केही भाडाका गुण्डाको समेत प्रयोेग गरेर उनको बाबुलाई धम्क्याउन थालेपछि प्रहरीमा उजुरी परेको थियो ।
छलफलको लागी शाह दम्पत्तीलाई परिसरमा झिकाएर अनसुन्धान गर्दा मिटर व्याजमा पैसा लगाएकोे र ११ लाखको एक करोड ४६ लाख असुल्न खोजेको देखेपछि शाहालाई हिरासतमा लिई अनुसन्धान सुरु गरिएको डिएसपी आर्चायले बताए । जुवाडेको रुपमा चिनिएका काफ्लेले धेरै व्यापारीलाई समेत ठगी गर्दै आएका छन् । 
लत क्यासिनो 
गायिका शाहासँग ११ लाख लिने काफ्ले सात बर्षदेखी जुवाको कुलतमा फसेका व्यक्ति हुन ।  क्यासिनो कुलतमा फसेका काफ्ले जुवा खेल्नकोे लागी व्यापारीलाई समेत ठगी गर्दै आएका थिए ।  दरबारमार्ग र न्यूरोडका केही व्यापारीलाई समेत काफ्लेले ग्राहकको भेषमा लाखौ रुपैंया चुना लगाउन सफल भएका छन् ।

 चिल्ला कारमा सवार भएर मोबाईल, ल्याटप, जेनेरेटरको शोरुममा पुग्ने जुवाडे काफ्लेले आफ्नो कम्पनीको लागी १०, १५ वटा ल्याटप चाहिने भन्दै गाडीमा लोड गर्न लगाउने र पैसा नभएको एकाउन्टको चेक दिई ठगी गर्दै आएका थिए । व्यापारीलाई बिश्वास दिलाउन काफ्लेले आफू नेपाल प्रहरी हेल्थ कल्बको सञ्चालक भएको परिचय दिन्थे ।

त्यसताका प्रहरी कल्ब उनकै आफ्न्तले भाडामा सञ्चालन गर्दै आएका थिए । व्यापारीसँग लिएको ल्याटप, मोबाईल, जेनेटर जुवाडे काफ्ले आधा भाउमा बिक्री गरेर क्यासिनो खेल्न पुग्ने गरेको उनी निकट स्रोत बताउँछ । पारिवारीक स्रोतका अनुसार जुजाडे काफ्ले यसरी ठगी गरेको एक करोड भन्दा बडी रकम उनका बाबुले व्यापारीलाई तिरिसकेका छन् । 

Post a Comment

0 Comments